मणिपाल अस्पतालले मनायो विश्व नर्स दिवस

समाधान संवाददाता २०८० वैशाख २९ गते १७:०१

पोखरा ।
मणिपाल शिक्षण अस्पतालले ‘हाम्रो नर्स, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ । अस्पतालले शुक्रबार विभिन्न कार्यक्रम गरी नर्स दिवस मनाएको हो ।

Advertisement

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले नर्स आफ्नो लागि नभएर बिरामी, समाजका लागि बाँच्ने बताए ।

नर्सले बिरामीको हेरचाह र सुरक्षा गर्ने तथा समाजलाई रोगबाट टाढा राख्न उनीहरुको महत्वपूर्ण भुमिका रहने उनको भनाइ थियो ।

अस्पातलकी प्रध्यापक गंगा पौडेलले नर्सिङ पेशा र सेवाभाव एकअर्काको रहेको बताइन् । कोरोना महामारीको समयमा नर्सले आफ्नो ज्यानको परवाह नगरि बिरामी तथा समाजको सेवामा जुटेको बताउँदै नर्सिङ पेशाको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा अस्पतालका अध्यक्ष नारायण पौडेल, भारतीय पेन्सन क्याप पोखराका अधिकारी प्रशान्त सिंह बाझेल, वडा प्रहरी कार्यालय बगरका निरीक्षक शालीग्राम तिमिल्सिना, चिकित्सा समुह नेपालका अनिल अडभिल, अस्पतालका निर्देशक डा अभिसेक मास्के, प्राडा प्रदिप घिमिरे, मणिपाल नर्सिङ विद्यालयकी प्रध्यानाध्याप सकुन सिंह, सानुमाया थापा, सुर्दशना देवी लगायतको उपस्थिति थियो ।

Advertisement

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारीबारे जानकारिमूलक तथा मनोरन्जनात्मक प्रस्तुतिहरु राखिएको थियो ।

तपाईको प्रतिक्रिया