शितलादेवी सेवा समितिमा मीनकाजी

समाधान संवाददाता २०८० वैशाख ३१ गते १६:०३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित शितलादेवी मन्दिर सेवा समितिको नवौं साधारण सभा तथा चौथो अधिवेशनले मीनकाजी कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

Advertisement

शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा शिवबहादुर कार्की, सचिव विष्णुकुमार श्रेष्ठ, सहसचिव पूर्णबहादुर गुरुङ र कोषाध्यक्ष सीता शर्मा अधिकारी चुनिए । सदस्यमा हरिकुमार राजभण्डारी, ईन्द्रकुमारी गुरुङ, सुशीला श्रेष्ठ, रमेश नेपाली, कल्पना कार्की र अखिल सुवेदी छन् ।

कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले ऐतिहासिक महत्व बोकेको शीतलदेवी मन्दिरको विकासमा वडाले सबै किसिमको सहयोग गर्ने बताए ।

Advertisement

समितिका अध्यक्ष भुवनप्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, त्रिशक्ति दुर्गा मन्दिर सेवा अध्यक्ष नेरशबहादुर कार्की, शितलादेवी सामुदायिक मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्की, समाजसेवी अनिल सुवेदी, कोषाध्यक्ष शिवबहादुर कार्की, सचिव विष्णकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

नवनिर्वाचित अध्यक्ष कार्कीले शितलादेवी मन्दिरमा आउने भक्तजनलाई सहज हुने गरी संरचना निर्माण र मन्दिरको नाममा रहेको जग्गा संरक्षणमा लाग्ने प्रतिवद्धता गरे ।

Advertisement

तपाईको प्रतिक्रिया