
जोमसोम ।
अमेरिकी समाचार संस्था सिएनएनले गरेको सर्वेक्षण रिपोर्ट २०२३ अनुसार हिमाली जिल्ला मुस्ताङ घुम्नै पर्ने उत्कृष्ट गन्तव्यमा सूचीकृत भएको छ । सिएनएनको रिपोर्टमा दक्षिण एसियाकै घुम्नै पर्नेमध्येको एक स्थान मुस्ताङ बनेको हो ।
चीनको कोरला ढोकामा अवस्थित मुस्ताङ र यहाँको मनोरम हिमशृंखलासँगै दक्षिण भारतबीचको व्यापारलाई सहज बनाउने ट्रेकिङ ट्रेलहरुमध्ये एक मुस्ताङमा भएको सिएनएनको रिपोर्टमा जनाइएको छ । मुस्ताङको सानो सहर जोमसोम र यहाँका पर्यटक बास बस्ने रिसोर्टहरु र सदियौंदेखिका परम्परागत घरले यहाँको सांस्कृतिक धरोहरलाई जीवन्त तुल्याएको छ ।
मुस्ताङलाई अन्तर्राष्ट्रिय समाचार संस्थाले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत भएसँगै यहाँका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । जोमसोमस्थित माउन्ट कैलाश होटलका प्रोपाइटर शेरबहादुर गुरुङले सिएनएनको पर्यटन रिपोर्टले मुस्ताङको पर्यटनलाई ठूलो फाइदा पुग्ने बताए । उनले सिएनएनको रिपोर्ट थाहा पाउँदा गौरवान्वित महसुस भएको सुनाए ।
सिएनएनको पर्यटन रिपोर्टले मुस्ताङको पर्यटनलाई ठूलो फाइदा पुग्ने विश्वास
मुस्ताङमा सबैभन्दा बढी पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउँछन् । लमजुङको बेशीसहरदेखि मनाङ र थोरङ भन्ज्याङ हुँदै मुस्ताङ जोडिने अन्नपूर्ण फेरो पदमार्गले मुस्ताङको पर्यटन विकासमा ठूलो योगदान पुर्याएको छ । विश्वकै पहिलो र पुरानो दाबी गरिएको गुम्बा लोघेकर गुम्बा उपल्लो मुस्ताङको मराङमा छ । गुम्बा ७ औं सेन्चुरीमा निर्माण गरिएको हो । यो गुम्बा गुरु पद्मसम्भवको ऐतिहासिक जीवन कथासँग जोडिएको छ । योसँगै मुस्ताङका ५ वटै स्थानीय तहमा यस प्रकारका दर्जनौं ऐतिहासिक तथा धार्मिक गुम्बा छन् ।
घरपझोङ—१ चिमाङका स्थानीय ईन्द्रप्रसाद थकालीले मुस्ताङ जिल्ला धार्मिक, सांस्कृतिक र जैविक विविधताले महत्वपूर्ण रहेको बताए । उनले समुद्री सतहदेखिको ३ हजार मिटरको भूगोल, परम्परागत कलासंस्कृति र प्राकृतिक हिसाबले रमणीय जिल्ला भएकाले यहाँ आइपुगेका जोकोही पर्यटकले फरक प्रकारको अनुभूति प्रकट गर्ने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेको हिमाली जिल्ला मुस्ताङमा बर्सेनि आन्तरिक पर्यटक ५ लाख र सार्क र तेस्रो मुलुकका विदेशी पर्यटक ६० लाखको हाराहारीमा आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को तथ्यांक छ ।
कालीगण्डकी करिडोरको मनोरम दृश्य र अग्लो उचाईका तालतलैयाहरु यहाँका महत्वपूर्ण प्राकृतिक सम्पदा हुन् । यसका अलवा पर्खालले घेरिएको लोमान्थाङ दरबार, प्राचीन मानव निर्मित ऐतिहासिक गुफाहरु यहाँका महत्वपूर्ण प्राकृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङको छोसेर, चराङ र चिउसीमा प्राचिक गुफा अवस्थित छन् ।
तल्लो मुस्ताङमा ढुम्बाताल, सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल पर्यटकीय आकर्षणको केन्द्र बन्दै जान थालेको छ । राष्ट्रिय गौरवको निर्माणाधीन सडकको स्तरोन्नति भइरहेको र हवाई मार्गमा १८ मिनेटमै मुस्ताङ आउन सकिने भएकाले पछिल्लो समय पर्यटकको उपस्थिति वृद्धि हुँदै जान थालेको हो । पर्यटकको वृद्धि र यातायात सहजताले यहाँका मुख्य राजमार्गहरुमा पर्यटक लक्षित होटल सञ्चालन गर्ने क्रममा बढिरहेको छ ।
मुस्ताङको पृथक भूगोल, मनोरम दृश्य र यहाँका सांस्कृतिक, जैविक र प्राचीन सम्यता अवलोकन गर्न पाउँदा पर्यटक समेत उत्साहित हुने गरेका पाइएको छ । मुस्ताङ जिल्ला पर्यटकीय र धार्मिक जिल्लाका रुपमा मात्रै नभई कृषिक्षेत्रले पनि अब्बल छ ।
यहाँ उत्पादन हुने स्थानीय उत्पादनका परिकारहरु होटलहरुमा पाइने भएकाले पनि यहाँको उत्पादनको खानाका स्वाद लिन पाउँदा पर्यटक दंग पर्छन् । मुस्ताङ स्याउ, उवा, फापर, आलु लगायत अन्नबाली उत्पादन हुन्छ भने यहाँका उत्पादन देश विदेशसम्म पुग्ने गरेको छ ।
सरकारले उत्तर\दक्षिण व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले राष्ट्रिय गौरवको सडक विस्तार गरिहेको छ । यसैका कारण पनि जोमसोमबाट उत्तरी कोरला बोर्डरसम्म ५ घन्टामै पुग्न सकिन्छ । पछिल्लो समय नेपाली युवायुवतीहरु कोरलानाका अवलोकन गर्न लर्कोनै लाग्ने गरेको छ ।
मुस्ताङको तल्लो क्षेत्रबाट नीलगिरि हिमाल र धौलागिरि हिमालहरु निकै आकर्षक र मनमोहक देखिन्छ । मुस्ताङ भित्रिने अधिकतर पर्यटकहरु उपल्लो मुस्ताङ जान सक्दैनन् । नेपाल सरकारको अध्यागमन विभागले १० दिनका लागि ५ सय डलर रोयल्टी शुल्क लिने प्रावधानले भिआइपी विदेशी पर्यटक बाहेक अन्य जान सक्दैनन् । केही वर्षअघि उपल्लो मुस्ताङको पर्यटक विकास गर्न शुल्क घटाउन त्यहाँका पर्यटन व्यवसायीहरुले माग गरेका थिए । तर, सो मागको अझै सम्बोधन हुन सकेको छैन ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया