गलेश्वरमा सहकारी सचेतना

समाधान संवाददाता २०८० जेठ १ गते १७:२०

पोखरा ।
गलेश्वर बचत तथा ऋण सहकारी संस्थाले सहकारी सदस्य सचेतना सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ललितबहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisement

कार्यक्रममा संस्थाका सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुखहरुबाट प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहकारी सम्बन्धी विभिन्न विषयमा जानकारी गराइएको थियो ।

सहकारी काम, कर्तव्य, अधिकारहरुबारे जानकारी गराइएको कार्यक्रममा गलेश्वर सहकारीको वर्तमान अवस्थाबारे पनि अवगत गराइएको थियो ।

तपाईको प्रतिक्रिया