रोजगारदाता परिषद् सदस्यमा पवन
समाधान संवाददाता
२०८० जेठ २ गते १२:३१

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित भएका छन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई सो पदमा मनोनित गरेका हुन् । महासंघमा रहेको रोजगारदाता परिषद्लाई रोजगारी सिर्जना तथा रोजगार क्षेत्रमा देखिएका समस्या सम्वोधन गर्ने जिम्मेवारी छ । महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ रोजगारदाता परिषद् अध्यक्ष हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया