अर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब

समाधान संवाददाता २०८० जेठ २ गते १३:१४

पोखरा ।
पोखरा आसपासका ग्रामीण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं शृंखला अर्मलाकोट सामुदायिक होमस्टेमा गरेको छ ।

Advertisement

हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्ष वविता गुरुङ, आमा समूह अध्यक्ष झलश्री गुरुङ लगायतका आमा दिदीबहिनीहरुले फुलमालाले स्वागत गरेका थिए । सहभागीले आफ्नै खर्चमा हाइकिङमा जोडिँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नु राज्यका लागि ठूलो योगदान रहेको हाइकिङमा पहिलोपटक सहभागी पोखरा महानगरपालिका वडा नम्बर २१ का निवर्तमान वडा अध्यक्ष खगराज आचार्यले बताए ।

उनले हाइकर्स क्लबले स्वतःस्फूर्त रुपमा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएकोले यस प्रकारका कार्यक्रममा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । विगत ४ वर्षदेखि नियमित रुपमा हाइकिङ कार्यक्रम गरिँदै आएकोमा कोभिड महामारीको कारण केही समय रोकिएको थियो ।

त्यसपछिका दिनहरुमा नियमित हाइकिङ कार्यक्रम गरिँदै आएको र त्यसपछिका कार्यक्रमहरुमा सहभागीहरुको संख्या पनि बढ्दै गएको संयोजक कृष्ण रानाभाट बताउँछन् । रानाभाटका अनुसर क्लबलाई विधिवत दर्ता गरेर आगामी दिनमा व्यवस्थित पार्दै सम्बन्धित निकायको सहकार्यमा हाइकिङ कार्यक्रम सञ्चालन गर्ने बारे धेरै काम अघि बढिसकेको छ ।

उनले हाइकर्स क्लबको स्थापनामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारी र पूर्व अध्यक्ष तथा पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलको अग्रणी भूमिका रहेको बताउँदै क्लबको स्थापना गर्नुपर्छ भनेर लागि पर्ने संस्थापक प्रवीण तुलाचनप्रति विशेष धन्यवाद दिएका थिए ।

Advertisement

क्लबका सदस्य तथा ट्रेकिङ गाइड सुन्दर त्रिपाठीले पहिलो पटक हाइकिङमा सहभागीहरुलाई पदायात्राका क्रममा आउन सक्ने स्वास्थ्य तथा अन्य समस्याका बारेमा सुनाउँदै समाधानका उपायका बारेमा बताएका थिए ।

क्लबका उपाध्यक्ष ज्योति हमाल, कानुनी सल्लाहकार अधिवक्ता मनोज घर्तीमगर क्लबले आगामी दिनहरुमा हाइकिङका सथै सामाजिक कार्य पनि गर्नुपर्ने भनाइ राखेका थिए । क्लबका आइटी संयोजक वेबपेज नेपालका प्रबन्ध निर्देशन प्रितमसेन ठकुरीले हाइकिङमा सहभागी हुन अनलाइन फर्म अनिवार्य गराउनुपर्ने धारणा राखेका थिए ।

यसो गर्न सकिए यातायात र खाना खाजाको लागि व्यवस्थित गर्न सजिलो हुने उनको भनाइ थियो । हाइकिङमा कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, घनश्याम पौडेल, मोहन खत्री, शालिकराम भण्डारी, प्रमिसा सिलवाल, आरती रानाभाट, राजेन्द्र बस्याल, खाम केसी, हरि शर्मा, हरि रानाभाट लगायत ३६ जना सहभागिता थियो ।

तपाईको प्रतिक्रिया