‘संघीयता खारेज गर’

पोखरा ।
राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान अन्तर्गत मंगलबार पोखरामा सभा गरेको छ । गणतन्त्र र राष्ट्रियताको रक्षा गर्दै संघीयताको खारेजीका लागि अभियान चलाएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव कृष्ण अधिकारीले बताए । उनले अमेरिका लगायत ‘साम्राज्यवादी’ मलुकको नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हस्तक्षेप बढेको आरोप लगाए ।
पोखराको पृथ्वीचोकमा भएको सभामा पार्टीका केन्द्रीय सदस्यहरु शंकर बराल र राजेन्द्र ढुंगानाले राष्ट्रियताको रक्षाका लागि सबै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने उल्लेख गरे ।
सभामा पार्टीका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, केन्द्रीय सल्लाहकार अमर थापा, पार्टीका कास्की जिल्ला अध्यक्ष रविमोहन ढकाल, अखिल नेपाल व्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल, अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य नामबहादुर बाठामगर, अखिल (छैठौ)का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, केन्द्रीय सदस्य सोमनाथ अधिकारी, जनजाति सम्मेलनका गण्डकी प्रदेश सदस्य डम्बरबहादुर थापा, जातीय समता समाजका केन्द्रीय सदस्य विष्णु विक लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया