जिप्रकामा दानबहादुर आए, ओमबहादुर गए

समाधान संवाददाता २०७६ जेठ १३ गते ८:१९

समाधान सम्वाददाता

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेसँगै कास्कीमा पनि एसपी फेरिएका हुन् ।

Advertisement

रानाको ठाउँमा दानबहादुर कार्की आउने भएका छन् । गुल्मी घर भएका कार्की प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । पोहोर वैशाखमा कास्कीमा आएका रानाको प्रधान कार्यालय मा सरुवा भएको छ ।

४५ एसपीको सरुवा गर्दा १८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूची अनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

Advertisement

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोजकुमार यादव, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञविनोद पोखरेल, बर्दियामा राजेश बास्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

तपाईको प्रतिक्रिया