३ पत्रकारलाई पुरस्कार

समाधान संवाददाता २०८० जेठ ५ गते १२:३६

पोखरा ।
नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनमा ३ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । युनियनद्वारा स्थापित पुरस्कारबाट ३ पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

Advertisement

बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनको पूर्वकेन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने अध्यक्ष अमरराज नहर्कीले बताए ।

प्रेस युनियन तनहुँका अध्यक्ष नहर्कीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले वाग्ले, बस्नेत र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव अधिकारीले बताए । पुरस्कारको राशि जनही १० हजार छ । यही जेठ ६ गते नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौँ अधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष नहर्कीले बताए ।

Advertisement

राससका कार्यकारी सम्पादक तथा प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेत त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया