पहिरोले बेनी—जोमसोमको म्याग्दी खण्ड अवरुद्ध

जोमसोम—राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडकखण्ड आईतबार बिहानैदेखि अवरुद्ध भएको छ ।गएराती परेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गको म्याग्दी खण्डमा ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
यसवर्ष बर्खायाम सुरु नहुँदै मनसुन सुरु भएको छ । अविरल वर्षाले म्याग्दीको अन्न्पूर्ण गाउँपालिका—३ स्थित गोईठे देखि जलथले खोलासम्मको सडक पहिरोले अवरुद्ध बनेको सडक सुपरभाईजर शेरचनले बताए ।‘गएरातीको पहिरोले ठाउँ ठाउँमा सडक संरचनामा क्षति पुगेको छ, सडक ३ स्थानमा केही बढी क्षति देखिएको छ ,सुपरभाईजर शेरचनले भने,‘ सडक खुलाउने तयारी भईरहेको छ, संम्भवत साँझ सम्ममा सडक सूचारु हुन्छ होला ।’ उनले म्याग्दीको अन्नपूर्ण गापा—३ र २ मा पर्ने राजमार्ग सडक पहिरोले अवरुद्ध भएको जनाए । उनका अनुसार म्याग्दीको अन्नपूर्ण —२ भुरुङ तातोपानी नजिक १५ मिटर लामो कल्र्भट पुल बाढी ÷पहिरोले भाँसिएको उल्लेख गरे ।
यसैगरी नेपालगञ्जदेखि मुक्तिनाथ दर्शन गर्न आएको तिर्थालु सवार गाडी संम्भावित विपद्बाट जोगिएको सुपरभाईजर शेरचनले बताए । उनले मुस्ताङबाट म्याग्दीतर्फ फर्किदै गरेको तिर्थालु सवार फोर्स जीप संभ्भावित दुर्घटनाबाट जोगिएको जनाए ।
गएरातीको वर्षाले बेनी—जोमसोम सडक अवरुद्ध भएसंगै मुस्ताङबाट पोखरा—काठमान्डौ जाँदै गरेका र पोखराबाट मुस्ताङ जाँदै गरेका यात्रुवाहक सवारी साधनहरु गन्तब्यमा पुग्न सकेका छैनन् ।







न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया