सर्वेश्वर महादेव मन्दिरमा नयाँ नेतृत्व

लेखनाथ ।
पोखरा २७ आवासनगरमा रहेको सर्वेश्वर महादेव सत्य साई मन्दिर संरक्षण तथा प्यवस्थापन समितिको दोस्रो अविधेशनले विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ ।
उपाध्यक्षमा चन्द्रकान्त पौडेल, सचिव पुतलीदेवी रानाभाट र कोषाध्यक्षमा डम्बरप्रसाद पौडेल छन् । सदस्यमा कृष्णबहादुर बल्छैडी, हरि तिमिल्सेना, गणेश आचार्य, रेशम रेग्मी र सोमलाल रानाभाट छन् ।
कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्थानीय तहको विकासका लागि सामाजिक संघ, संस्थाको योगदान र सहकार्य जरुरी हुने बताए ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नेत्रपाणि बास्तोला,अक्षयकोष दाता हिरामणि सुवेदी, आवास नगर टोल विकास संस्थाका अध्यक्ष चक्रबहादुर शाही, आावस नगर आमा समूहकी अध्यक्ष गंगाकुमारी अर्याल, संस्थाका सदस्य कृष्णचन्द्र पोखरेल, सचिव पुतलीदेवी रानाभाट, कोषाध्यक्ष डम्बरप्रसाद पौडेल लगायतले बोलेका थिए ।
समारोहमा जग्गादाता मंगलादेवी तिमिल्सेना र जीवमाया तिमिल्सेना र प्रथम अक्षयकोषदाता हिरामणि सुवेदीलाई सम्मान गरिएको थियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया