मुस्ताङमा पाँचौं प्राणिधान मोन्लम

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीस्थित काग छोदे गुम्बामा पाँचौं विश्वशान्ति प्राणिधान (मोन्लम)पूजा बुधबार सकिँदै छ । पूजा शनिबार सुरु भएको थियो । मुस्ताङ शाक्या बौद्ध संघको आयोजना तथा व्यवस्थापनमा सञ्चालन भएको पूजामा विश्व शान्तिको कामना गरिएको थियो ।
संघले बर्सेनि यस प्रकारको धार्मिक पूजा मुस्ताङमै रहेका गुम्बाहरुले आलोपालो आयोजना गर्ने गरेका छन् । पूजाको पहिलो, दोस्रो र तेस्रो दिनको कार्यक्रममा दिनहुँ स्थवीर पूजा र प्राणिधानको उच्चारण, चौथो दिनको कार्यक्रममा तीनै रिन्पोछेहरुको अध्यक्षतामा सबै संघहरुद्वारा सर्वविद वैरोचना शुद्धीकरणविधिको वाचना भयो । पाँचौं तथा अन्तिम दिन आर्या आवालोकेश्वर अभिषेक (वाङ) र स्थानीयलाई धार्मिक प्रवचन दिइने कार्यक्रम छ ।
पूजाको अध्यक्षताका लागि शाक्या परम्परा अनुसार भारतको देहरादुनबाट ४२ औं गद्दिधारी शाक्या ठ्रिजिन रत्न बज्र रिन्पोछेलाई मुस्ताङ आमन्त्रण गरिएको छ । उनीसँगै मुस्ताङकै शाक्या समुदायका दुई प्रमुख लामाहरु पनि पूजामा सहभागी रहेको मुस्ताङ शाक्या बौद्ध संघका अध्यक्ष खेन्पो तेन्जिङ साङ्वो गुरुङले जानकारी दिए । मुस्ताङमा आयोजित विश्व शान्ति पूजा जिल्लाकै ठूलो ऐतिहासिक र धार्मिक पूजा भएको बताए ।
चौथो विश्व शान्ति पूजा लोमान्थाङ—३ ठिंगरको नाम्गेल आनी गुम्बामा सम्पन्न भएको थियो । विश्व शान्ति पूजा आयोजना गरिनु गौरवको विषय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए ।
पूजामा तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका २५ वटा गुम्बा र १२ वटा गुम्बा विद्यालयको सहभागिता रहेको गण्डकी प्रदेशका पूर्व सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । पूजाको अन्तिम दिन उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका सयौं सर्वसाधारणले ४२ औं गद्दिधारी शाक्या ठ्रिजिन रत्न बज्र रिन्पोछेको हातबाट अभिषेक (वाङ) थाप्न जाने बताइएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया