शुक्रबारदेखि राष्ट्र संघको नमुना महासभा

समाधान संवाददाता २०८० जेठ १२ गते १२:१७

पोखरा ।
पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा (एमयुएन) शुक्रबारबाट सुरु हुँदै छ । ३ दिनसम्म पोखरा (एमयुएन) लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका १ सय २० जना सहभागी हुने उल्लेख छ ।

संस्थाका अध्यक्ष रिजन ढुंगानाले कार्यक्रममा सहभागी हुने डेलिगेट र भेन्युका सम्पूर्ण काम बिहीबार नै पूरा भएको बताए ।

‘देशभरका १५ जिल्लाबाट १ सय २० जना डेलिगेट कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ,’ ढुंगानाले भने, ‘नमुना महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।’

Advertisement

नमुना महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधान प्रस्तुत गर्ने छन् । सहभागले ३ विषयमा केन्द्रित भएर महासभामा सहभागी हुनुपर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । उनका अनुसार महासभाका डेलिगेटले आर्थिक मन्दी, फर्जी औषधीका कारण बढ्दै गएको खतरा र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा केन्द्रित हुनेछ ।

सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा पनि जान्न सकिनेछ ।

Advertisement

सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेष गरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायत विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्ने छन् । उनीहरुले शैक्षिक अनुभव मार्फत राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरूको उठाउँछ ।

यसले साझा सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न प्लेटफर्महरूमा सामेल गर्ने ढुंगानाको भनाइ छ । मोडल युनाइटेड नेसन्स (एमयूएन) अन्तर्गत संयुक्त राष्ट्र संघका काम, कारबाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरुले संयुक्त राष्ट्र संघका विभिन्न समिति जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिको भूमिका खेल्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया