पोखरा १३: नालीमा जाली, कृषिमा अनुदान

समाधान संवाददाता २०८० जेठ १४ गते ११:४२

पोखरा ।
पोखरा वडा नम्बर १३ मिजार समाज घरअगाडि नै पूर्ण जिसीको घर छ । घरैअघि ठूलो नाला छ । त्यहीँ नाला हो, जहाँ पूर्णले पटक पटक दुर्घटना देखेका छन् । ३ हप्ताअघि वैशाख २५ गतेमात्र पूर्वबाट आएका एक जोडी त्यो नालामा खसे ।

Advertisement

दुर्घटनामा श्रीमान्ले ज्यान गुमाए, श्रीमती घाइते भइन् । दुर्घटनाको साक्षी जिसी आफैं हुनुप¥यो । भद्रकाली ट्याक्सी इकाइ समितिका सल्लाहकारसमेत रहेका जिसी भन्छन्, ‘रातको समय थियो । पूर्वबाट पोखरा आएको त्यो जोडी नालामा खस्दा दुखद घटना भयो ।’

दुर्घटनालगत्तै जिसीले फेसबुक स्टाटस लेखे । ‘बाटो हिँड्दै गरेका जोडी नालामा खसेर श्रीमान्को ज्यान गयो । श्रीमती गम्भीर घाइते छिन्,’ उनले लेखेका थिए, ‘म वडाध्यक्षज्यूको ध्यानाकर्षण गर्न चाहन्छु । यो नालाबाट हुने सम्भावित दुर्घटनाको ख्याल गरी सुरक्षा तत्काल गरियोस् ।’ भोलिपल्टै वडाध्यक्ष किरण बराल घटनास्थल पुगे । खुला छोडिएका नालामा जाली हाल्ने निर्णय गरे ।

Advertisement

‘वडाध्यक्षज्यूलाई धन्यवाद । वडावासीको सामान्य ध्यानाकर्षणबाट तपाईंले गर्दै आएको कामको प्रशंसा गर्न लायक छ,’ शनिबार वडाका जनप्रतिनिधिको एक वर्षको कार्यकाल पूरा भएको सन्दर्भमा आयोजित कार्यक्रममा जिसीले भने ।

वडाध्यक्ष निर्वाचित भएको वर्ष दिन पूरा भएको उपलक्ष्यमा पोखरा १३ का वडाध्यक्ष किरण आफ्ना उपलब्धि सुनाउँदै सुझाव संकलनसमेत गर्दै थिए । वडाका अगुवाको भेला गरी जिज्ञासा, सुझाव संकलन गर्न आयोजित कार्यक्रममा जिसीले जस्तै केहीले धन्यवाद दिए, केहीले समस्या सुनाए, त केहीले सुझाव राखे ।

Advertisement

बरालले वडामा सरसफाइ अभियान चलाएका छन् । ‘दुई कुलाको मुहानबाट दुर्गन्धबाट हामी आजित थियौं । तर, अहिले वडाको सरसफाइ अभियानबाट निकै राम्रो छ,’वडावासी दिलकुमार गुरुङले भने, ‘ एक वर्षको अवधिसन्तोषजनक र प्रसंशा गर्न लायक छ । यसलाई निरन्तरता दिनुहोला ।’

यसअघि २ कुलाको मुहानमा बिहीबार पानी नआउँदा दुर्घन्ध फैलिने गरेको दिलकुमारको भनाइ थियो । उनी भन्छन्, ‘पक्की सडक निर्माण गर्न तपाईंले खेलेको भूमिका पनि सह्रानीय छ,’ दुई कुलाको मुहान टोल विकास संस्था अध्यक्ष समेत रहेको गुरुङले भने, ‘बिहीबार हिँड्नै सकिँदैनथ्यो । अहिले त्यो फोहोर उठेको छ । टोलभित्रका सडकमा पनि कालोपत्र गरिदिनुभएको छ । हाइड्रोपावर र सिँचाइसँग मिलेर गरेको सरसफाइ निकै राम्रो छ ।’ मिजुरे समाजदेखि दुई कुलाको मुहानसम्मको ५ सय मिटरको सडक पिचले पनि आफूहरुलाई राहत मिलेको उनले सुनाए ।

वडाध्यक्ष बरालले आफूले वडामा रहेको डुबान समस्या समाधानको पहल गरेको सुनाए । ‘कमलपोखरी काहुँखोला घट्टेखोला बुडुवा डुबान न्यूनीकरणका लागि ३७ करोडको आयोजनाको डिपिआर बनाएका छांैं । डिपिआर बनाउन १८ लाख ६६ हजार ४८१ रुपैयाँ लाग्यो । प्रदेश सरकारलाई बुझाएका छौं । यसलाई बहुवर्षीय आयोजनामा लगेर कार्यान्वयन छिट्टै गर्छाैं ।’

वडाध्यक्ष बरालले वडामा हाइमास्ट लाइट जडानदेखि सडक र नहर निर्माणमा गरेका काम सार्वजनिक गरे । ‘वडाका मुख्य सडक चोकमा सिसीटिभी जडान गरेका छौं । प्राकृतिक विपद्मा पनि दिनरात खटिएर काम गरेका छौं,’ उनले भने, ‘युवालाई प्रत्साहन गर्न तालिम आयोजनासँगै राम्रो गर्नेलाई सम्मान पनि गरेका छौं ।’

वडाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जाको निस्सा वितरण गरेको उनको भनाइ छ । राष्ट्रिय टिमका क्रिकेट खेलाडी किरण केसीलाई सम्मान गरेका उनले सुनाए । ‘वडामा निशुल्क स्वास्थ्य शिविर पनि ग¥यांंै । त्यसलाई निरन्तरता दिन्छौं । महिला क्षमता विकास गर्न पनि हामीले विभिन्न कार्यक्रम गरेका छौं,’ उनले भने ।

आर्बाका किसानलाई २० लाख रुपैयाँ कृषि अनुदान दिएको उनले जानकारी दिए । ‘वडामा यो पहिलो सुरुआत हो । तपाईंले हामीलाई सुझाव पठाएर हामीलाई सहयोग पनि गरिदिनुहोला,’ वडाध्यक्ष बरालले भने । पोखरा १३ मासूचित तामाङ, रजनी परियार, शरिफ अली मियाँ र बलबहादुर बराल वडा सदस्य छन् ।

तपाईको प्रतिक्रिया