हार्मोनीको भित्तेपात्रो विमोचन

समाधान संवाददाता २०८० जेठ १४ गते १२:३७

पोखरा ।
गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ । पोखरामा शनिबार आयोजना गरिएको कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरे । कार्यक्रममा उनले हार्मोनीले अहिलेसम्म गरेका काम उदाहरणीय रहेको र अब आफूलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए ।

Advertisement

‘हार्मोनीले छोटो समयमा आफुलाई स्थापित गरेको छ । संगीत क्षेत्रमा महिलाहरु संगठित भई गरिएका हालसम्मका सबै कार्यक्रम प्रशंसनीय छ । अब थप परिमार्जित गर्दै नयाँपन दिनुपर्ने आवश्यकता छ,’ उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले पोखरामा सांगीतिक क्षेत्रमा स्मरणीय काम कसले गर्छ भनेर सोधियो भने स्वस्फूर्त निस्कने नाम हार्मोनी भएको बताए । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रम कहिले गरियो भन्दा पनि के गरियो भन्ने विषय महत्वपूर्ण हुने बताए ।

Advertisement

हार्मोनीकी अध्यक्ष इतु जोजिजूले संस्थाले समाजमा आफूलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका रजनी रिदम राईले गीत प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष कौशल्या गुरुङले स्वागत, सचिव सानु जोजिजूले सञ्चालन गरेको कार्यक्रममा गायक सन्तोष बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया