मुवाँथाईको समर क्याम्प

पोखरा ।
पोखरामा ४५ दिने मुवाँथाई खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ सम्पन्न भएको छ । आयोजकले एक कार्यक्रमका बिच समर क्याम्पमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा आयोजित कार्यक्रममा सहभागीहरुलाई गण्डकी प्रदेका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
त्यस अवसरमा पूर्व मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले भने, ‘प्रशिक्षकहरुले जसरी मेहनत गर्नुभएको छ, त्यसलाई मैले नजिकबाट नियालेको छु । अब हामीले नितिगत रुपमा के गर्नुपर्छ त्यसबारे सोच्न हामीलाई घच्घचाएको छ ।’
थाइल्यान्डबाट सुरु भएको मार्सल आर्ट खेल मुवाँथाई विश्वव्यापी बनेसँगै युवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प गरिएको यसका अन्तर्राष्ट्रिय सर्टिफाइड प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाए ।
समर क्याम्पन अन्तर्गत मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । विभिन्न विद्यालयका १ सय जनाभन्दा बढी सहभागी रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत प्रशिक्षण दिएको क्षेत्रीले जानकारी दिए ।
समर क्याम्प अन्तर्गत सहभागीहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए । कार्यक्रममा उनीहरुलाई पूर्व मुख्यमन्त्री अधिकारीले सम्मानपत्र प्रदान गरेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया