फोहोर प्रशोधन प्रभावकारी बनाउन डस्टबिन वितरण

पोखरा ।
पोखरामा महानगरपालिका वडा नम्बर १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा स्थानीयलाई डस्टबिन तथा गार्बेज ब्याज वितरण गरिएको छ ।
स्रोतबाट नै फोहोर व्यवस्थापन गर्न, प्रत्येक घर÷शैक्षिक संस्थाबाट निस्कने फोहरको उचित विसर्जन गरी आम्दानीको स्रोत विकास गर्ने साथै उचित फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि त्यहाँ भएको थियो ।
सहकारीका अध्यक्ष प्रकाश आचार्यले शैक्षिक संस्था/टोल समुदायले फोहोर वर्गीकरण÷व्यवस्थापनको दिगो समाधानका अभ्यास गर्न सके ल्यान्डफिल्ड साइट जाने फोहोर ९० प्रतिशत कम हुने भन्दै फोहोरलाई आम्दानी तथा रोजगारीको स्रोत बनाउन सकिने बताए ।
कार्यक्रम संयोजक तथा वडा सदस्य रामचन्द्र आचार्यले सामुदायिक शैक्षिक संस्थाका पूर्वाधार विकासमा सहयोग रहने भन्दै ग्रीन भ्याली रिसाइकल सहकारीको फोहोर व्यवस्थापन प्रयासलाई विस्तार गर्ने साथ सहयोग र सहकार्य गर्न सधैँ तयार रहने प्रतिबद्धता जनाए । ज्ञ्यानज्योति माविका प्रध्यानाध्यापक यमबहादुर कार्कीले फोहोर वर्गीकरण गरी विद्यालयले मोहर बनाउन ग्रीन भ्यालीसँग सहकार्य गर्न अनुरोध गरे ।
चण्डीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले पोखरा १६ मा वर्गीकृत फोहोर (रिसाइकल) संकलन गर्ने ग्रीन भ्यालीलाई कुहिने र ल्यान्डफिल्ड साइट जाने न्यून फोहोरको ढुवानी जिम्मा पनि दिन सके थप प्रभावकारी हुने भन्दै आवश्यक प्रबन्ध मिलाउन वडा सदस्यहरुलाई माग राखे ।
सरसफाइ तालिम तथा प्रशिक्षण पछि कुहिने, नकुहिने र अन्य फोहोर राख्न पोखरा १६ का सबै सामुदायिक विद्यालयलाई हरियो, रातो र नीलो रंगको तीनतीनवटा डस्टबिन वितरण गरिएको थियो । कार्यक्रम पोखरा १६ शान्ति मावि जुम्लेटीमा भएको थियो । शान्ति मावि जुम्लेटीका शिक्षक शंकर लामिछानेले उद्घोषण गरेको कार्यक्रममा पोखरा १६ का १४ वटा सामुदायिक विद्यालयबाट प्रध्यानाध्यापक र अध्यक्ष सहभागी थिए ।
ग्रिन भ्याली बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा १६ अर्मलामा फोहोर संकलन तथा प्रशोधन केन्द्र स्थापना गरी २ वर्षदेखि फोहोर व्यवस्थापनमा फोहोर संकलन गरिरहेको व्यवस्थापक गोविन्द आचार्यले जानकारी दिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया