चापापानी टोल विकासकाे अध्यक्षमा प्रेम

समाधान संवाददाता २०८० जेठ १५ गते १३:०४

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १२ मा रहेको चापापानी टोल विकास संस्थाको भेलाले प्रेमबहादुर कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चुनेको छ । सर्वसम्मत चुनिएको संस्थाको कार्यसमितिको उपाध्यक्षमा कल्पना कार्की, सचिव भोजराज सुवेदी र कोषाध्यक्ष ऋषिराम ढकाल छन् ।

Advertisement

सदस्यमा राजु गुरुङ, रामप्रसाद कोइराला, कल्पना गुरुङ, दानबहादुर बस्नेत र कमला कार्की छन् । कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले टोलको विकासमा टोलका सदस्य नै जागरुक भएर योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले टोल सुधार समितिले महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिकको हितमा काम गर्न सकेमात्र टोलको विकास हुने उल्लेख गरे ।

संस्थाका कार्यवाहक अध्यक्ष विष्णु कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका १२ का निर्वतमान वडाध्यक्ष रामबहादुर कार्की, पूर्व एसपी नरेशबहादुर कार्की, ऋषिराम लामिछाने, टीकाबहादुर कार्की, टीकाबहादुर कार्की र संस्थाका सचिव कमलबहादुर कार्कीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया