५५ युनिट रगत संकलन

पोखरा ।
डिभाइन युथ क्लब नेपाल कास्कीको आयोजनामा शनिबार रक्तदान भएको छ । श्यामाश्याम सत्संग केन्द्र न्युरोड पोखराको ११ औँ वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको क्लबले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा शरद चन्द्र बरालले डिभाइन यूथ क्लबमा आबद्ध युवाहरूले विभिन्न प्रकारका सेवा कार्य गरेको देख्दा आफू निकै उत्साहित भएको बताउँदै रक्तदानको महत्त्वबारे प्रकाश पारेका थिए ।
युआरएल पोखराका निर्देशक ठाकुरप्रसाद पन्त पन्तले डिभाइन यूथ क्लबसँग युआरएलले सहकार्य गर्दै आएको र क्लबको सेवा कार्यबाट आफूहरूलाई पनि उत्प्रेरणा मिलेको स्मरण गर्दै र सामाजिक सेवा कार्यको सबैले अनुकरण गर्नुपर्ने बताए ।
डिभाइन यूथ क्लब कास्कीका संयोजक सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सदस्य वर्षा खतिवडाले गरेकी थिइन् । क्लबका सदस्य रुद्रमणि ढकालले कार्यक्रम स्वागत मन्तव्य राखेका थिए ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया