न्युरोडमा एलजी सो रुम सञ्चालन

समाधान संवाददाता २०८० जेठ १६ गते १३:१०

पोखरा ।
पोखरामा ४ करोडको लगानीमा एलजी सोरुम होली भिजन सुरु गरिएको छ । चिप्लेढुंगाबाट १५ वर्षदेखि सञ्चालनमा रहेको सोरुम नयाँ व्यवस्थापनका साथ पोखरा ८ न्युरोड नगरपालिका नजिकैबाट शुभारम्भ भएको हो ।

सो रुमको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सोमबार उद्घाटन गरे ।

अध्यक्ष बरालले इलेक्ट्रोनिक सामानको क्षेत्रमा एल्जीले छुट्टै पहिचान बनाउन सफल भएको बताए । एलजीका समानहरु गुणस्तरीय र भरपर्दो रहेको उनको भनाइ थियो ।

Advertisement

सोरुम सञ्चालक प्रकेश श्रेष्ठ तथा सञ्चालक दीपा सापकोटा लामिछानेद्वयले सो रुम नयाँ व्यवस्थापनका साथ ग्राहकको सेवामा आएको बताए । सो रुममा एलजी ब्रान्डका सामानहरु फ्रिज, वासिङ मेसिन, माइक्रोवेब वोभन, टेलिभिजन, एसी, सिजी ब्रान्डका सामाना लगायत इलेक्ट्रोनिक सामना उपलब्ध हुने सञ्चालक श्रेष्ठले बताए ।

शुभारम्भको अवसर पारेर सो रुमले १५ दिनका लागि ओपनिङ अफर समेत ल्याएको छ । सामान खरिदमा विशेष छुट तथा लक्की ड्र मार्फत उत्कृष्ट उपहारसमेत राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया