नागेश्वर मन्दिरमा नयाँ समिति

पोखरा ।
नागेश्वर महादेव मन्दिर विकास समिति पोखरा १३ को दोस्रो साधारण सभा तथा अधिवेशनले विष्णुप्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा वेदनाथ अधिकारी, सचिव शिवराज बराल, सहसचिव तारा बराल र कोषाध्यक्षमा बिमला बस्नेत छन् ।
सदस्यमा माधवप्रसाद सिग्देल, कृष्णप्रसाद अधिकारी, पदमराज बराल र रीता बराल छन् । बाँकी २ सदस्यपछि मनोनित गरिने जनाइएको छ । सभामा पोखरा १३ का अध्यक्ष किरण बरालले आफ्नो कार्यकालको बाँकी ४ वर्षभित्र आर्वाका सबै सडक कालोपत्र गरिसक्ने प्रतिवद्धता गरे ।
आर्वाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मणीदीपलाई आगामी वर्षदेखि नै गुरुयोजना निर्माण गरी प्रसिद्ध धाम का रुपमा विकास गर्न लाग्ने बरालको प्रतिवद्धता छ । उनले वडा, प्रदेश तथा संघीय सरकारसँग समेत यस क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने उनले जनाए ।
संस्थाका अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक स्वामी शिवनाथ गिरी, विश्व हिन्दू महासंघ कास्की वरिष्ठ उपाध्यक्ष भीमबहादुर बराल, समितिका सल्लाहकारहरु विष्णुप्रसाद बराल, हरिबहादुर बराल र राजेन्द्रप्रसाद बराल, विशिष्ट सदस्य कृष्णकुमारी बराल, बिमला बस्नेत, अमलाचौर चापडाडा टोल विकास समिति अध्यक्ष ईन्द्रराज बराल, अमरज्योति आधारभूत स्कुलका प्रधानाध्यापक बिमलबहादुर बराल, सूर्योदय आमा समूहका अध्यक्ष तारा बराल, आशीर्वाद युवा क्लब अध्यक्ष बिक्रम बराल लगायतले बोलेका थिए ।
सभामा अध्यक्ष नरबहादुर बरालले वार्षिक प्रगति प्रतिवेदन, सचिव शिवराज बरालले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष मधु बरालले ०७८/०७९को आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
तपाईको प्रतिक्रिया