प्रदेश सरकारलाई संघका सुरक्षाकर्मी किन ?

पोखरा ।
सदनले ऐन बनाउँछन्, सरकारले कार्यान्वयन गर्छन् । ऐन, नियम सहज पालना भए त उत्तम भयो, नहुँदा राज्यले बल प्रयोग गरेरै भए पनि कानुनी राज्य कायम गर्छ । यो विश्वव्यापी मान्यताभन्दा उल्टो अवस्थामा छन् नेपालका प्रदेश सरकारहरु । संघ सरकारले प्रहरी समायोजन ऐन नबनाइदिँदा प्रदेश सरकारका मन्त्रीहरु समेत संघकै सुरक्षाकर्मी लिएर हिड्न बाध्य छन् ।
मंगलबार गण्डकी प्रदेशसभामा एमाले सांसद प्रकाशबहादुर केसीले यो विषय उठाए । विनियोजन विधेयक २०८०/०८१ को सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा बोल्दै केसीले प्रदेश प्रहरी परिचालनको आवश्यक व्यवस्था गर्न संघ सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
०७७ कात्तिक २४ गते प्रदेश प्रहरी ऐन २०७७ पारित भई प्रमाणीकरण भएको थियो । संघ सरकारले प्रहरी समायोजन ऐन बनाएर खटनपटनको जिम्मा नदिँदा प्रदेशले बनाएको ऐनको पनि कुनै अर्थ नदेखिएको केसीको दाबी छन् । उनले भने, ‘हाम्रो दुर्भाग्य कतिसम्म छ भने प्रदेश भित्रका निकायमा खटिने सुरक्षाकर्मी पनि संघ सरकारकै संयन्त्रबाट परिचालन गर्नुपरेको छ ।’
उनले प्रतियोगिता हुँदै छ भनेपछि मात्र खेलाडीलाई केही दिन दिने परिपाटीले गण्डकीको खेलकुद क्षेत्र राम्रो बन्न नसकेको उनले दाबी गरे । ‘सम्बन्धित निकायसँग छलफल गरी प्रदेशको निश्चित टिम बनाएर वर्षभर नियमित प्रशिक्षण गर्ने व्यवस्था र खेलाडीको जीवन धान्ने गरी बजेट ल्याउन आवश्यक छ ।’ सरकारले खेलाडीको विदेश पलायन रोक्न कुनै नीति ल्याउन नसकेको उनको जिकिर छ ।
गण्डकी सरकारले पोखरा ३३ पशुपतिघाटमा क्रिकेट रंगशालाको डिपिआर बनाए पनि काम किन अघि बढ्न भनी प्रश्न गरे । आगामी बजेटले यो रंगशाला निर्माणलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया