भलामका किसानलाई माहुरी घार वितरण

समाधान संवाददाता २०८० जेठ १७ गते १२:२८

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले ६४ जना किसानलाई माहुरीको घार वितरण गरेको छ ।

पोखरा २० भलाममा सोमबार आयोजित समारोहमा वडाध्यक्ष गंगाबहादुर केसी र पोखरा महानगरपालिकाको कृषि शाखा प्रमुख मनहर कडरियाले संयुक्त रुपमा किसानलाई माहुरीको घारा वितरण गरेका हुन् ।

उक्त अवसरमा वडाध्यक्ष केसीले किसानहरुलाई कुनै समस्या परेको खबर पाए तुरुन्त प्राविधिक सम्बन्धित फिल्डमा नै खटाएर समस्या समाधानको पहल गर्ने बचन दिए । उनले किसानहरुले उत्पादन गरेको मह तथा घर वडा कार्यलयले नै बजार व्यवस्थापनको जिम्मा लिने बचन दिए ।

सोही अवसरमा पोखरा महानगरपालिकाको कृषि शाखा प्रमुख मनोहर कडरियाले दुई–चार पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका माहुरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका माहुरीको हावापानी नमिल्ने भएको हुँदा माहुरी मारेर क्षति हुनसक्ने चेतावनी दिए । उनले पो

Advertisement

खराको हावापानी सुहाउँदो माहुरी पाल्न सजिलो होस् भनेर पोखरा महानगरको कृषि शाखाले पोखराकै किसानहरुले उत्पादन गरेका माहुरी घार वितरणमा जोड दिइएको उनले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले आउँदो जेठ २५ गते एक समारोहका बिच सोही वडाको मौजामा त्यहाँका किसानलाई पनि माहुरीको घार वितरण गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया