‘सुमेरु’ लिएर आईन् जून

पोखरा ।
पोखराको बेगनासकी गजलकार गीता अधिकारी ‘जून’ले पृथक तवरले आफ्नो कृति सार्वजनिक गरेकी छन् ।
जूनको गजल सञ्चयन सुमेरु वेगनासतालमा ढुंगामाथि कार्यक्रम गरी मंगलबार विमोचन भएको हो ।
गजल सन्ध्या पोखराले आयोजना गरेको कार्यक्रममा मूर्तिकार, गीतकार, गजलकार विनोद प्रवीण र भरत आचार्यले कृति सार्वजनिक गरे । समारोहमा गजलकारहरू त्रुपक, सावित्री गिरी, शिव त्रिपाठी र हरि कंडेलले कृतिबाट रोज्जा गजल सुनाए ।
कृतिकार जूनले सुमेरुबाट केही गजल सुुनाइन् । जीवनका भोगाइ र परिवेश समेटेर आफूले गजल लेख्ने गरेको जूनले बताइन् । उनले भनिन्, ‘कृति यहाँहरुसामु आइपुुगेको छ । पाठकका सल्लाह, सुुझाव र अग्रजको मार्गनिर्देश बमोजिम अबको सिर्जनायात्रा अघि बढाउने छु ।’
कार्यक्रमा गायक सन्तोष राउतले पनि गजल गायन गरे भने कालिङपोङबाट आएका निमा छिरिङ भुटियाले पोखराका ताल र लोकार्पण कार्यक्रमसम्बन्धी तत्काल रचित गजल प्रस्तुत गरे । पोखरा ३१ का अध्यक्ष ढकनाथ कंडेल गजलकार जूनलाई बधाइ दिए । गजलकार भरत आचार्यले सुुमेरुले साहित्य साग मा नयाँ सुमेरु मन्थन भएको विचार राखे ।
शिव त्रिपाठीले जल माथिको विमोचन समारोहले फरक अनुुभूति भएको सुनाए । छोरा ‘गजल’को जन्मदिन पारेर जूनले कृति सार्वजनिक गरेकी हुन् ।
गजल सन्ध्या पोखराका अध्यक्ष वसन्त विनोदको अध्यक्षतामा भएको कार्यक्रममा सचिव त्रुपक र युवा गजलकार हरि कँडेल, कृतिकार जूनकी आमा गङ्गामाया र बुवा विष्णुबहादुरले पनि बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया