संगमको योजना निर्माण कार्यशाला

पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १५ ले एक कार्यशाला गरी ४ वर्षे रणनीतिक व्यावसायिक योजना निर्माण गरेको छ ।
नेफ्स्कुनको प्राविधिक सहयोग तथा संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीको उपस्थितिमा ३ दिने कार्यशाला गरी तयार गरिएको संस्थाको तेस्रो रणनीतिक योजना आगामी आर्थिक वर्ष २०८०/८१ देखि कार्यान्वयनमा आउने र यसले संस्थाको लक्ष्यप्राप्तिमा सहज बनाउने विश्वास अध्यक्ष नवराज तिवारीले गरे ।
कार्यशालामा गण्डकी प्रदेश सहकारी विभागका रजिस्ट्रार रोशन अर्यालले सिद्धान्त र नियममा चलेका सहकारीमा खासै समस्या नदेखिएता पनि केही अन्य समस्याग्रस्त सहकारीका कारण असल सहकारीलाई पनि असर परेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
नेफ्स्कुनबाट आएका सहजकर्ताद्वय कोमलराज अधिकारी र रवीन्द्र श्रेष्ठले कागजमा तयार गरिएको योजनालाई व्यवहारमा उतारेर सबै सदस्यहरुले महसुस गर्ने गरी सकारात्मक परिवर्तन भएमात्रै बसाइले सार्थकता पाउने बताए ।
कार्यशाला समापनमा पोखरा वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाले देशको आर्थिक अवस्था संक्रमणकालीन स्थितिमा भएकाले सबैको साथ र सहकार्यबाट सुधार गर्न जरुरी रहेको बताए । सहकारीका सल्लाहकार नीरज थापाले धेरै सहकारीभन्दा पनि असल सहकारीको आवश्यकता भएकाले राम्रो सहकारी बनाउनेतर्फ वडाध्यक्षको ध्यानाकर्षण गराए ।
सञ्चालक सदस्य तिलक थापाले जुनसुकै संस्थामा पनि जिम्मेवार पदमा बस्नेहरूले संस्थाप्रति गरेको समय व्यवस्थापन र वैचारिक उपस्थितिले मात्रै उक्त संस्थाको प्रगति हुने भएकातर्फ ध्यान दिन सबैलाई अनुरोध गरे । कार्यालय प्रमुख बृहस्पति अधिकारीले लक्ष्य प्राप्तिमा कर्मचारीवर्गको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसका लागि आफू र आफ्नो टिम कटिबद्ध भएर लाग्ने बताए ।
शिक्षा उपसमिति सदस्य तुलबहादुर गुरुङको संयोजकत्वमा गठित रणनीतिक योजना पुनरावलोकन तथा सुझाव समूहले तयार गरेको प्रतिवेदन पनि सो अवसरमा पेस गरिएको थियोे । संगम सहकारीले यही जेठदेखि पोखराको न्युरोड सेवा केन्द्रबाट पनि सदस्यहरुमाझ सेवा दिइरहेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया