अन्तरिम आदेशको निरन्तरतापछि फिर्केमा डोजर लगाउन रोक

समाधान सम्वाददाता
सोमबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद वस्याल र माननीय न्यायाधीश विनोदप्रसाद शर्माको संयुक्त इजलासले जेठ ६ गतेको फैसलालाई नै निरन्तरता दिने फैसला गरेको छ ।
आदेश दिदैं ‘निवेदकहरुको हकभोग दर्ताको जग्गामा निजहरुको सहमति नलिई र कानून बमोजिम क्षतिपूर्ति नदिई डोजर चलाउँदा नागरिकलाई अपुरणिय क्षति पर्न जाने तथा सुबिधा र सन्तुलन समेत निवेदकहरु (फिर्केवासी) को पक्षमा रहेको देखिन्छ भन्दै जेठ ६ गते जारी भएको आदेशलाई नै निरन्तरता दिईएको छ’ भनिएको छ ।
फिर्के आसपासमा पोखरा महानगरपालिकाले मापदण्ड विपरित डोजर चलाएपछि स्थानिय वासिन्दाले फिर्के संरक्षण तथा मापदण्ड सरोकार समिति गठन गरी उच्च अदालत पोखरामा जेठ ५ गते मुद्धा हालेका थिए ।
उच्च अदालत पोखराले भोली पल्टै ६ गते नै को आदेशमा ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो ? जारी गर्नु नपर्ने कानूनसम्मत आधार र कारण भए सो समेत खुलाई १५ दिन भित्र लिखित जवाफ पेस गर्नु’ भनिएको थियो ।
२०७६ जेठ ५ गते फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायण विक्रम शाही, मधुसुधन कोईराला, प्रकाश कोईराला, सरिता देवकोटा लगाएतले पोखरा महानगरपलिकाले फिर्के खोल्सा र सेती नदीको मापदण्ड गलत नियतले फरक गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेका थिए ।
निर्वाचित जनप्रतिनिधिहरुले नदि र खोल्सा पनि छुट्टाउन नसकेको र निर्वाचनताका जनताका अगाडि राखेको घोषणापत्र अनुसार काम गर्न नसकेको गरनासो राख्दै उच्च अदालत पोखराले गरेको उत्प्रेषण मिश्रित परमादेशको स्वागत गरेको समितिका सहसंयोजक कृष्ण पराजुली ( ढाकामोहन) ले वताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया