कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर

पोखरा ।
कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराको १२ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार भएको छ ।
अधिवेशनले पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा श्रीजंग गुरुङ, द्वितीय उपाध्यक्ष प्रदीप गौचन, सचिव जीवन दाहाल, कोषाध्यक्ष प्रेमराज अधिकारी, सहसचिव इश्वरी राना र सहकोषाध्यक्ष धर्मा गुरुङ छन् ।
कार्यसमिति सदस्यमा तारापति सुवेदी, तेज केसी, दीलिप गायक, शिवहरि ढुंगाना, तुलसी क्षत्री, विष्णु लामा ह्योल्मो र सरस्वती लामा ह्योल्मो छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कला, साहित्य, भाषा र संस्कृतिको विकासले मात्र समृद्ध सहर बन्ने बताए । ‘जीवन्त सहरभित्र साहित्य, कला संस्कृतिको विकास हुनु पर्छ,’ मेयर आचार्यले भने, ‘कला, साहित्य, भाषा र संस्कृतिको विकास विना कुनै पनि शहर जीवन्त तथा समुन्नत बन्न सक्दैन ।’
उनले सन्तुलित विकासका लागि मानवीय क्षेत्रको समेत विकास हुनुपर्ने उल्लेख गरे । नेपाली गीत संगीत तथा लोक संस्कृतिलाई अहिलेको अवस्थामा ल्याउन कल्याण शेरचन जस्ता श्रष्टाको योगदान रहेको उल्लेख गर्दै मेयर आचार्यले नयाँ पुस्ताका लागि प्रेरणा बनेका लोक गायक शेरचन लोक गीतको क्षेत्रलाई धेरै गुन लगाएको बताए । उनले आयोजक प्रतिष्ठान तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई देशभरीका नगरपालिका स्तरीय दोहोरी गीत प्रतियोगिता गरे सहयोग गर्ने घोषणा गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले गायक शेरचनको लोक संस्कृतिको संरक्षणको अलवा खेलकुद लगायतका क्षेत्रमा समेत योगदान रहेको बताए । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले असल सिर्जनका कारण लोक गायक शेरचन अमर भएको उल्लेख गरे ।
कार्यक्रममा रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझा, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा, सचिव जीवन दाहाल, विदेश विभाग सल्लाहकार महेश गुरुङ, संरक्षक नरबहादुर शेरचन, संरक्षक शर्मिला शेरचन लगायतले लोक संस्कृति क्षेत्रमा कल्याण शेरचनको योगदान बारेमा बोलेका थिए ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलकारले नौमति बाजा बजाउनुका साथै कल्याण शेरचनले गायका गीतमा नृत्य प्रस्तुत गरे । झलकमान गन्धर्व सारंगी संरक्षण पाठशाला तथा धनबहादुर गायक स्मृति प्रतिष्ठानका कलकारले सारंगीमार्फत स्वागत धुन बजाएका थिए ।
प्रतिष्ठानले लोकस्रष्टा कल्याण शेरचनको जन्म जयन्तीमा राष्ट्रिय खुला दोहोरी, मादल बादन तथा राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिता गरेको छ । प्रतिष्ठानले नेपाली लोक बाजा संग्रहालय स्थापना गर्ने योजनाअघि सारेको कोषाध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया