५१ दिनमा ‘जारी’

समाधान संवाददाता २०८० जेठ २१ गते १४:३६

काठमाडौं ।
लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको ५१ दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशन गरेका छन् ।

चलचित्रले शनिबार काठमाडौँ उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगञ्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको ५१ दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरे ।

‘वर्षकै पहिलो एकाउन्न दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको संख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाउनुभयो’, पोखरेल भन्छन् ।

Advertisement

चलचित्रले शुक्रबारसम्म १४ करोड २१ लाख २३ हजार छ सय ७८ रुपैयाँ व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको बताए ।

‘महिला आँटिला र सहासी हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानविना बस्दैनन्’, निर्देशक सुब्बा भन्छन् । महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्मनिर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रहसमेत गरे ।

Advertisement

‘लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ’, निर्देशक सुब्बाले भने, । यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतले अभिनय गरेका थिए ।

तपाईको प्रतिक्रिया