गणतन्त्र संस्थागत गर्न मुख्यमन्त्रीकाे आह्वान

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्र दिवस २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गरेका छन् । गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उक्त आन्दोलनमा योगदान पुर्याएकाहरुप्रति उनले सम्मान प्रकट गरेका छन् ।
‘गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा संविधानको मर्म र भावना अनुरुप सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्त वमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रगाढ र सार्थक बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफलीभूत पार्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ मुख्यमन्त्री गुरुङले जारी गरेको वक्तव्यमा भनिएको छ ।
महान त्याग, योगदान र बलिदानको प्रतिफलस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ पार्न उनले आह्वानसमेत गरेका छन् । ‘सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भई इमान्दारीपूर्वक, प्रतिबद्धता र सकारात्मक सोचका साथ अगाडि बढ्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्दै गणतन्त्र दिवस२०७६ को अवसरमा सबैमा हार्दिक शुभकामना प्रकट गर्दछु,’ वक्तव्यमा छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया