सगरमाथा आरोही रोहित सम्मानित

समाधान संवाददाता २०७६ जेठ १५ गते ११:५७

कृष्ण न्यौपाने
दमौली

विश्वकै अग्लो हिमाल सगरमाथा सफल आरोहण गरेका बन्दीपुर १ डुम्रेका रोहित श्रेष्ठ सम्मानित भएका छन् । उनलाई सोही स्थानको पवित्रा माध्यमिक विद्यालयले मंगलबार सम्मान गरेको हो । ४१ औं दिनमा सफल आरोहण गरेर बन्दीपुरको नाम उँचो बनाएको विद्यालय व्यवस्थापन समित अध्यक्ष क्षितिज लामिछानेले बताए ।

कक्षा १ देखि ७ सम्म सोही विद्यालयमा अध्ययन गरेका श्रेष्ठ पूर्व विद्यार्थी मञ्च पवित्रा माविका सदस्यसमेत हुन् । श्रेष्ठलाई बुधबार पूर्व विद्यार्थी मञ्च, तनहुँ उद्योग वाणिज्य संघ तथा बन्दीपुर गाउँपालिकाले समेत सम्मान गर्ने पवित्रा माविका प्रधानाध्यापक रघु पण्डितले जानकारी दिए ।

Advertisement

अमेरिकामा बसोबास गर्दै आएका श्रेष्ठले गत आइतबार सगरमाथा आरोहण गरेका थिए । आइल्यान्ड हिमाल चढिसकेका श्रेष्ठले १ दिन सगरमाथा चढ्छु भन्ने आफूमा आएको आत्मविश्वासकै कारण सगरमाथा चढ्ने सफलता मिलेको बताए ।

हिउँमा चिप्लने खेल, जलविहार लगायतका साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्ला २ सय वटा पहाड चढिसकेका थिए । सडक मानसिक रोगी आमाको उपचारार्थ सहयोग गर्ने उद्देश्यले श्रेष्ठले फन्डसमेत निर्माण गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया