विद्यार्थीलाई न्यायिक समितिबारे जानकारी

पोखरा ।
जनप्रियका माध्यमिक विद्यालयका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समितिले अन्तरक्रियासँगै प्रशिक्षण दिएको छ ।
गण्डकी प्रेस क्लबको समन्वयमा महानगरले विद्यार्थीसँग न्यायिक अन्तक्र्रिया गरेको हो ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यार्र्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी पाएपछि परिवारका सदस्यलाई बुझाउन आग्रह गरिन् । कानुन सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीका लागि महत्वपूर्ण हुने उनले बताइन् ।
प्रेस क्लब अध्यक्ष एकराज गिरीले न्यायिक समिति र अहिलेको न्याय प्रणालीमा केही परिवर्तन भएकाले सबैले बुझ्न जरुरी रहेको बताए । ‘न्याय सम्पादन खर्चिलो नबनाउन नेपालको संविधानले यस्तो व्यवस्था गरेको हो ।’
पोखरा महानगरका ४ विद्यालयमा यी कार्यक्रम हुने छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम बराल र प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले विद्यार्थीलाई न्यायबारे अन्तक्रिया कार्यक्रम लिएर आएकोमा खुसी व्यक्त गरे । पोखरा महानगर न्यायिक समिति सदस्यहरु कालिदास पोखरेल र भावना श्रेष्ठ, अभिलेख संरक्षक राममणि अधिकारी र मेलमिलाप सहजकर्ता सोम लम्सालले विद्यार्थीसँग प्रशिक्षण दिनुका साथै अन्तक्र्रिया गरेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया