‘मापदण्ड अनुसार सदस्यता शुद्धिकरण अभियान’

पोखरा ।
प्रेस चौतारी नेपाल कास्कीको प्रथम वार्षिक साधारण सभा सोमबार भएको छ । सभाले सचिव रञ्जन अधिकारीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष गिरीधारी पोखरेलले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।
सभाले ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले साधारण सभामा सदस्यता शुद्धिकरणका लागि नेपाल पत्रकार महासंघको १५ बुँदे मापदण्डलाई पूर्ण रुपमा परिपालन गर्नुको विकल्प नभएको बताए । सदस्यता शुद्धिकरण अभियानको प्रस्तावक भएको उल्लेख गर्दै उनले प्रेस युनियन र प्रेस सेन्टरको समन्वयमा सदस्यता शुद्धिकरणको प्रस्तावलाई सुर्खेतमा भएको साधारण सभाले पारित गरेको जनाए ।
‘सदस्यता शुद्धिकरण अभियानलाई दृढतापूर्वक कार्यान्वयन गर्नु पर्छ । व्यक्ति हेरेरभन्दा पनि मापदण्ड अनुसार जानुपर्छ,’ अध्यक्ष बस्नेतले भने, ‘प्रेस चौतारीले कति सदस्य गए भनेर हिसाबकिताब राख्ने छैन ।’ उनले पत्रकार महासंघ सबै संगठनको महासंघ बन्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले महाधिवेशनको निर्णय अनुसार संगठन निर्माण, परिचालन र सुदृढीकरणमा लागेको जानकारी दिए । उनले सैद्धान्तिक, वैचारिक प्रशिक्षणको अलवा पेशागत दक्षता आवश्यक रहेको उल्लेख गरे ।
सोंचेभन्दा व्यवस्थापन पक्ष राम्रो भएको बताए ।
प्रेस चौतारी नेपाल कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल कास्की संस्थापक अध्यक्ष पुण्य पौडेल, एमाले उपाध्यक्ष तेजनारायण अधिकारी, प्रेस चौतारी केन्द्रीय सचिव सुष्मा पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रेस चौतारी कास्की इन्चार्ज रुद्र श्रीसमगर, गण्डकी प्रदेश कमिटी अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्कीका अध्यक्ष अर्जुन गिरी, उपाध्यक्ष मोतिसागर अधिकारी, सचिव रञ्जन अधिकारी, प्रेस युनियन नेपाल कास्की अध्यक्ष वासुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्की अध्यक्ष कृष्ण दवाडीले पत्रकारिताका मुलभुत मुद्दामा पेशागत संगठनबीच एकता आवश्यक रहेको बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया