तार व्यवस्थित गर्दै पोखरा इन्टरनेट
समाधान संवाददाता
२०८० जेठ २३ गते १५:३०
पोखरा ।
इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रालिले फाइबर क्लिन अप सोमबारबाट सुरु गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा महानगरपालिका वडा ४ सगँको सहकार्यमा कार्यक्रम आयोजना गरेको मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए ।फाइबर क्लिन अप वडा ४ को कार्यलयबाट पालिखे चोकसम्म गरिएको हो ।
पोलमा झुण्डिएका तथा लत्रिएका अव्यवस्थित तार व्यवस्थित गर्नका लागि फाइवर क्लिन अप थालिएको पोखरा इन्टनेटका प्रालिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए ।
वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले अव्यवस्थित तार व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए । उनले २ संस्थाबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताए । प्रालिका जनरल म्यानेजर बरदान लामाले कार्यक्रम प्रभावकारी भएको हुनाले आगामी दिनमा निरन्तरता दिइने बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया