हुम्लाका विद्यार्थीको सहयोगार्थ सांगीतिक कार्यक्रम हुँदै

पोखरा ।
हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।
हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्राजेक्टका सोभित ठकुरीले जानकारी गराए ।
पोखराको न्युरोडमा कफी घर सञ्चालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल प्राजेक्टमा किरण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दास लगायत २४ जना युवाहरु भोलियन्टर रुपमा काम गर्दै आएका छन् ।
आउँदो शुक्रबार हुने सांगीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल, अदिती शर्मा र कमेडियन दीपक थापा लगायतको प्रस्तुति रहने आयोजक संस्थाका सोभित ठकुरीले जानकारी गराए ।
एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अछाम लगायत ठाउँहरूमा सहयोग गरिसकेको छ । केही समयअघि पूर्वी रूकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षका लागि पुग्ने शैक्षिक सामग्रीहरू वितरण गरेको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया