गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेललाई गाडी १ हप्ताभित्र फिर्ता गराउन अनेरास्ववियुको ध्यानाकर्षण

पोखरा ।
अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ महिनासम्म पनि सरकारी गाडी फिर्ता नगरेको भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले बिहीबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण गराएको हो ।
सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग गर्न नहुने भन्दै एक हप्ताभित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधन फिर्ता लिन अनेरास्ववियुले माग गरेको गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले बताए ।
‘यसै सन्दर्भमा संघियता भनेको लुटको थलो हो भन्ने भ्रम जवर्जस्त स्थापित गर्न खोजीरहेको बेला गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ज्यूले हालसम्म पनि सरकारी सवारी साधन फिर्ता नगर्नुले यसलाई थप पुष्टि गरेको छ । अनेरास्ववियु सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग भएको हेरेर बस्न सक्दैन । गण्डकी प्रदेश सरकारलाई एक हप्ता भित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधनको फिर्ता ल्याउन जोडदार माग गर्दछौ’, सह संयोजक घिमिरेले भने । पूर्व मुख्यमन्त्री पोखरेलले पद मुक्त भएको ५ महिना वितिसक्दा पनि सरकारी सवारी फिर्ता गरेका छैनन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया