वेस्ट प्वाइन्टमा पुरस्कार वितरण

समाधान संवाददाता २०८० जेठ २६ गते १३:४३

पाेखरा ।

पोखरा १७ विरौटामा रहेको वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीमा पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।


कार्यक्रममा पोखरा माहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले शैक्षिक सत्र २०७८ र २०७९ को शैक्षिक पुरस्कार तथा शैक्षिक सत्र २०७९ को अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरे ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुक्ति पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल डिल्लीराम पौड्याल, संस्थापक निर्देशक नवीन बराल, विद्यालय संयोजक प्रकाश पंगेनी र शिक्षका अनुषा ठकुरी लगायतले बोलेका थ्एि ।

Advertisement

तपाईको प्रतिक्रिया