सूर्यमणि स्मृति प्रतिष्ठानमा इन्दिरा

पोखरा ।
सूर्यमणि अधिकारी स्मृति प्रष्ठिानको शनिबार भएको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले इन्दिरा कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार भएको अधिवेशनले ३ वर्षे कार्यकालका लागि कोइरालाको नेतृत्वमा ११ सदस्य कार्यसमिति चुनेको हो । प्रतिष्ठानको उपाध्यक्षमा प्राध्यापक देवीप्रसाद कँडेल, सचिव सहप्राध्यापक महेश अधिकारी र कोषाध्यक्षमा डा बाबुराम अधिकारी छन् ।
सदस्यमा रवीन्द्र माकाजु, वेदनीधि आर्याल र शंकर खराल चयन भएका हुन् । बाँकी सदस्य मनोनीत गरिने अध्यक्ष कोइरालाले बताइन् ।
प्रतिष्ठानको संरक्षकमा कपिलनाथ कोइराला चयन भएका छन् । अधिवेशनको सन्दर्भमा जेठ २३ गते प्रतिष्ठानले रुपा गाउँपालिको भंगारामा रहेको कमल आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण गरेको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष बाबुराम अधिकारीले आर्थिक प्रतिवेदन र सचिव महेश अधिकारीले प्रगति प्रतिवदेन पेश गरे ।
कार्यक्रममा डा चिन्तामणि योगीले प्रतिष्ठानले उद्देश्य अनुरुप काम गरेको बताए ।
कार्यक्रममा प्राडा दिलबहादुर क्षेत्री, देवीप्रसाद कँडेल, डा ईश्वरीराज लौडारीले र वेदनिधि अर्यालले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया