दीपशिखामा ट्याग परियोजना

लेखनाथ ।
दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपालको टेक एज गर्लस ट्याग परियोजना सञ्चालन भएको छ । शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले परियोजनाको उद्देश्यबारे प्रकाश पारे ।
उनले लक्षित समुदायका विद्यालयबाट पिछडिएका, प्रविधिको पहुँच नपुगेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका प्रयक्ष रुपमा ५५ जना किशोरीलाई लक्षित गरिएको परियोजना भएको बताए । पुस्तकालयमा अध्ययन गर्दा विद्यार्थीले पालना गर्नुपर्ने नियम, अभिभावकले आफ्ना छोरीको बारेमा नियमित रुपमा निगरानी राख्नुपर्नेमा उनले जोड दिएका थिए ।
५५ जना किशोरीलाई टि–सर्ट र हयाट वितरण गरिएको कार्यक्रममा रिड नेपालका सुशील मैनालीले पुस्तकालयबाट दिइने सीप किशोरीलाई महत्वपूर्ण हुने जनाए । टयागका किशोरीले दीपशिखा पुस्तकालयबाट ज्ञान हासिल गरी देशको नेतृत्व गर्न सक्षम नागरीक बन्ने विश्वास उनले व्यक्त गरे । दीपशिखा पुस्तकालयले किशोरीलाई खराबका विरुद्ध बोल्न सिकाउने बताउँदै यस पुस्तकालयलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, अभिभावक सूर्य तिवारी, जनप्रकाश माविका विद्यार्थी ग्रीष्मा शर्मा, पुस्तकालय सञ्चालक समिति सदस्य मीनकुमारी डल्लाकोटी लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया