अमेरिकी राजदुत र्यान्डी बेरीलाई पुडाकमा स्वागत

समाधान संवाददाता
जोमसोम
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ पुडाकका स्थानीयले बुधबार अमेरिकी राजदुत र्यान्डी बेरीलाई स्वागत गरेका छन् । पुडाकको जनसेवा आधारभूत विद्यालयको इजिआरपी कक्षा अनुगमनमा आएका बेरीलाई गाउँपालिका, स्थानीय, गाउँ समाज, आमा समूह र क्लबका सदस्यले स्वागत गरेका हुन् ।
गाउ समाजले उनलाई गुरुङ समुदायले लगाउने तिब्बतीयन टोपी लगाइदियो । गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टकराज बराल लगायतले उनलाई स्वागत गरे ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमी स्थित घमी आधारभूत र लोमान्थाङ स्थित राष्ट्रिय आधारभूतको इजिआरपी कक्षा बेरीले अनुमगन गर्ने समन्वय इकाइ प्रमुख बरालले जानकारी दिए । राजदुत बेरी उपल्लो मुस्ताङको कार्यक्रम सकेर शुक्रबार जोमसोम फर्किने कार्यक्रम छ । मुस्ताङको छैरो तिब्बतीयन क्याम्पमा अमेरिकाले सहयोग गर्दै आएको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया