‘पर्यटन बोर्ड आफै संक्रमित भयो, भ्याक्सिन खोजी गर्न जरुरी छ’

पोखरा ।
पोखराका पर्यटन व्यवसायीहरुले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय निस्क्रिय भएको भन्दै नेपाल पर्यटन बोर्डको केन्द्रलाई पत्र पठाएका छन् । पर्यटन क्षेत्रको छाता संस्था पोखरा पर्यटन परिषद्सहित १७ वटा व्यावसायिक संघसंस्थाले बोर्डको प्रदेश कार्यालय आफै संक्रमित भएको भन्दै बोर्ड केन्द्रलाई चिठी पठाएका हुन् ।
‘प्रवद्र्धनका लागि प्रमुख संस्था नेपाल पर्यटन बोर्ड आफै संक्रमित छ । कोभिडको संक्रमण भन्दा पनि डरलाग्दो संक्रमणले चलित छ, गलित छ । त्यसैले यसको भ्याक्सिनको खोजी गरी पुनर्जीवन दिन जरुरी छ,’ पत्रमा भनिएको छ ।
विगतमा २ जना कर्मचारीले विधिवत र राम्रोसँग सुचारु गरेको कार्यालय हाल रहेका कर्मचारीहरु जानीजानी निस्क्रिय बनाउन खोजेको र राज्यको सेवा सुविधा लिएता पनि आफ्नो दायित्व पूरा नगरेको उनीहरुको आरोप छ ।
बोर्डको पोखरा कार्यालयका ३ जना कर्मचारीलाई तत्काल विभागीय कारबाही गरी नयाँ कर्मचारी पठाउन माग
अहिले कार्यरत ३ जना कर्मचारीले काम गर्नुस् भन्ने र कार्यक्रम सञ्चालन सम्पन्न भए पश्चात् विभिन्न वहानामा भुक्तानी नदिने वा प्रक्रिया अगाडी नबढाउने र भुक्तानी वा कार्यक्रम गरौ भन्दा सधै यसो व्यवसायीहरुलाई हामीलाई डम्पिंग साइडमा पठाएको भन्दै काम गर्न नसक्ने भन्ने गरेको पत्रमा उल्लेख गरिएको छ ।
वोर्ड सदस्य, कार्यकारी प्रमुखहरुको बारेमा जथाभावी गाली गलौच गर्ने वोर्डले गरेका निर्णय गल्ती रहेको र काम गर्न नसक्ने भन्दै व्यवसायीलाई समेत पर्यटन बोर्ड जथाभावी बोल्ने गरेको पर्यटन व्यवसायीको आरोप छ ।
‘व्यवसायीको हितमा काम गर्न भनी खोलिएको संस्थाले कसरी व्यवहार गर्ने र गरिएको कामहरुलाई समेत अख्तियार हाल्छु भनी डर धम्की देखाउने लगायत गतिविधि सञ्चालन गर्ने र पर्यटन बोर्डको हलसमेत पर्यटन व्यवसायीको पर्यटनसम्बन्धी कार्यक्रम गर्नसमेत दिँदा विभिन्न बाहनामा आलटाल गर्ने गरेका छन्,’ पत्रमा भनिएको छ ।
नेपाल पर्यटन बोर्डजस्तो संस्थाका कर्मचारीले थोरैमा पनि निजी क्षेत्रलाई देखाउनुपर्ने व्यवहार नदेखाउने र समग्रमा भन्दा काम बिगारेर सबै गतिविधिहरु बन्द गर्ने खालका गतिविधि गरेकाले हाल कार्यरत ३ जना कर्मचारीलाई तत्काल विभागीय कारबाही गरी नयाँ कर्मचारी पठाउन पोखराका र पर्यटनमा सक्रिय यस क्षेत्रका व्यवसायीहरुका संस्थाहरुले माग गरेका छन् ।
‘नेपाल पर्यटन बोर्ड जस्तो संस्थाका कर्मचारीले थोरैमा पनि निजी क्षेत्रलाई देखाउनुपर्ने व्यवहार नदेखाउने र समग्रमा भन्दा काम बिगारेर सबै गतिविधिहरु बन्द गर्ने खालका गतिविधि गरेकाले हाल कार्यरत ३ जना कर्मचारी काशीराज भण्डारी, नवीन पोखरेल र कुन्दन शर्मालाई तत्काल विभागीय कारबाही गरी नयाँ कर्मचारी पठाई भुक्तानी गर्न वाँकी रहेका भुक्तानी अगाडि बढाउने र कार्यालय सुचारु गर्न निर्देशन दिनको लागि पोखरा पर्यटन परिषद र पर्यटनमा सक्रिय यस क्षेत्रका व्यवसायीहरुका संस्थाहरुको यो सामूहिक आवाज हो,’ पत्रमा भनिएको छ ।
बोर्डको केन्द्रलाई पत्र लेख्नेमा पोखरा पर्यटन परिषद, पोखरा उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, रेबान, टान, नाट्टा, ट्याक्सी व्यवसाय समिति, हवाई खेलकुद संस्था, इम्ब्रोडरी गार्मेन्ट एसोसिएसन, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), फेवा डुंगा व्यवसायी समिति, पर्यटन व्यवसायी महिला संघ, पर्यटन यातायात व्यवसायी संघ, ट्रेकिङ इक्प्युमेन्ट सप एसोसिएसन (टेसा), नेपाल राफ्टिङ एसोसिएसन र महिला पर्यटन व्यवसाय मञ्च छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया