वृद्धाश्रम पुगे अमरसिंहका विद्यार्थी

पोखरा ।
अभिभावकप्रतिको जिम्मेवारी र दायित्वबोध गराउन पोखरा १२ को अमरसिंह माध्यमिक विद्यालयले कक्षा १० का विद्यार्थीलाई पोखरा १७ महतगौंडामा रहेको पोखरा वृद्धाश्रम भ्रमण गराएको छ ।
पछिल्लो समयमा परिवारको रेखदेख अभावमा ज्येष्ठ नागरिकले भोग्नु परेको दुःख, कष्टको बोध गराएर विद्यार्थीलाई आफ्ना अभिभावकप्रतिसम्मान गर्ने बानीको विकास गराउन भ्रमण गराएको सामाजिक शिक्षक उदय पोखरेलले जानकारी दिए ।
‘भ्रमणका क्रममा विद्यार्थीलाई ५ समूहमा विभाजन गरेर आश्रमको ज्येष्ठ नागरिकको कपडा धुने, शौचालय, बाथरुम, बस्ने कोठा तथा भवनको सरसफाइ गरे,’ उनले भने, ‘वृद्धाश्रमका ज्येष्ठ नागरिकको अवस्था बुझेपछि विद्यार्थीमा सन्तान हुनेले बाबुआमाको रेखदेख गर्नुपर्ने भावनाको विकास भएको पाइएको छ ।’ उनले विद्यार्थीले भ्रमणपछि अभिभावकप्रति गर्नुपर्ने दायित्व बुझ्न सहयोग पुग्ने जनाए ।
छात्र अनिश शर्माले ज्येष्ठ नागरिकको वास्तविक भोगाइलाई बुझ्ने अवसर मिलेको प्रतिक्रिया दिए । शिक्षक सलिना गिरीले आश्रममा जति राम्रो व्यवस्था भए पनि आफ्नो घर, परिवारले रेखदेख गरे जस्तो नहुने बताइन् ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले पहिलेको तुलनामा वृद्धाश्रमको व्यवस्थापनमा सुधार ल्याएको जानकारी दिए । उनले २२ पुरुष र २६ महिला गरी ४८ आश्रित लागि सरकारी, गैर सरकारी तथा व्यक्तिगत सहयोगमा स्वास्थ्योपचार, खाना, लत्ता कपडाको व्यवस्था गरेको सुनाए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया