लोमान्थाङ बजारभित्र बिद्युत वायर अन्डरग्राउण्ड हुँने

समाधान संवाददाता २०७६ जेठ १६ गते १२:४१

समाधान संम्वाददाता
मुस्ताङ

विश्व सम्पदा सुचिमा सुचिकृत ऐतिहासिक,धार्मिक ,पुरातात्तिक तथा पर्यटकीय महत्व बोकेको माटोको सहर लोमान्थाङमा बिद्युत वायर अन्डरग्राउण्ड गर्नेकार्य सुरु भएको छ ।वायरबाट हुने संम्भावित जोखिम रोक्न र बजारक्षेत्रको सुन्दरता जोगाउन बिद्युत वायर व्यवस्थापन गर्न गाउपालिकाले योजना ल्याएको हो ।

लोमान्थाङ गाउपालिकाका ५ का वडाअध्यक्ष लामा रिङझिङ धोर्जे बिष्टले मंगलबार एक सामारोहका बीच विद्युत वायर अन्डरग्राउण्ड कार्यको शिलन्यास गरेका छन् । उनले वडाको दिगो विकासका लागि चालु वर्षको पुरै बजेट विद्युत वायर व्यवस्थापनमा खर्च गरिने बताए । टुक्रे योजनाले विकासको गति अघि नबढ्ने उल्लेख गर्दे उनले बजारको सुन्दरता जोगाउने काम र वडालाई एक घर एक धारा लक्ष्यसहित काम अघि बढाईने जनाए । उनले जिल्ला खानेपानी संस्थानबाट पञ्चवर्षिय योजना अन्तर्गत १ करोड ५० लाख प्राप्त भईसकेका बताए । खानेपानी पञ्चवर्षिय योजनाको अवधि अझै २ वर्ष बाँकी छ ।

Advertisement

चीन सरकारबाट ३ वर्षअघि सहयोग प्राप्त लोमान्थाङमा ७० किलोवार्ड क्षमताको सौर्यउर्जा संञ्चालनमा छ । वडाअध्यक्ष बिष्टका अनुसार भईरहेको सौर्यउर्जा वायरलाई अन्डरग्राउण्ड गर्नका लागि गाउपालिकाले ६९ लाख बजेट छुट्याईएको हो । दिगो समयकालका लागि वायर व्यवस्थापन गर्न नेशनल ग्रेडको वायर समेत जोड्न मिल्नेगरी वायर अन्डर ग्राउण्ड गर्ने व्यवस्थापनको काम थालिएको वडाअध्यक्ष बिष्टको भनाई छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष छेवाङ बिष्टले लोमान्थाङको प्राकृतिक सौन्दर्यता जोगाउन वायर व्यवस्थापन गर्ने काम सुरु भएको बताए । लोमान्थाङ बजारमा करिव १ सय ८० घरधुरी छन् । जसमध्ये करिव ३० जति पर्यटक लक्षित होटल तथा रेष्टुरेन्ट छन् ।लोमान्थाङ बजारमा पूर्वराजा जिग्मे परवल बिष्टको ऐतिहासिक माटोले बनेको दरबार छ ।यहाँका पुरै घर माटोद्धारा निर्मित एकआपसमा जोडिएका छन् ।

Advertisement

मुस्ताङमा छतमाथि दाउरा राख्ने चलन पुरानो हो । तल्लो मुस्ताङ देखि उपल्लो मुस्ताङ सम्मका घरहरुमा छतमाथि लस्करै दाउरा सजाईएका छन् । लोमान्थाङ बजारको प्राय घरहरुमा छतमाथि दाउरा सजाइएको छ । यो चलन यहाँको घरेलु सास्कृतिक चलन र सभ्यता हो । कतिपयका छतमाथि चौपायालाई दिने घाँस पनि सुकाईएको छ । विद्युतीकरण गरिएका घरका छत माथिबाट वायर तानिएकोले यसबाट कुनैपनि बेला विद्युत सट भई दाउरा र घाँस सल्किन सक्ने खतरा उत्तिकै छ ।

भौतिक धनजनको क्षति रोक्न विद्युतीकरण गरिएका संरचनालाई अन्डर गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ जिग्मे बिष्टले जानकारी दिए । उनका अनुसार वायर अन्डर ग्राउण्डका लागि चाहिने आवश्यक सामाग्रीहरु खरिदभई ढुवानी भईसकेकाले तोकिएको समयमानै पूरा हुने जनाए ।

अमेरिकन हिमालयन फाउन्डेसन र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापको सहयोगमा लोमान्थाङमा २९ किलोवार्डको माईक्रो हाईड्रो पनि छ । अहिल यो विविध कारणले बन्द छ । आगामी दिनमा यसको उत्पादन सुरु भएमा यसका सफ्वेयर र विद्युत वायर समेत अन्डर ग्राउण्ड गर्न मिल्नेगरी यो प्रक्रिया अघि बढेको हो ।

उपल्लो मुस्ताङकै प्राचिन बस्तीको रुपमा स्थापित लोमान्थाङ सहरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्दै यहाँको वातावरणीय सुन्दरता जोगाउन वायर व्यवस्थापन गर्ने योजना अघि बढेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिलकुमार अर्यालले जानकारी दिए । उनले हालको विद्युत वायरको संरचनाबाट बजारक्षेत्र भत्ता र अशोभनीय देखिएको खुलाए । उनले विद्युत अन्डर ग्राउण्डले विद्युतपछि विद्युत जोखिम न्यूनिकरणमा सहयोग पुग्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया