कालीगण्डकी करिडोरमा प्रहरीचौकी
समाधान संवाददाता
२०८० असार १ गते १०:५५
पोखरा ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कालीगण्डकी करिडोरमा प्रहरीचौकी स्थापना गरिएको छ । गैँडाकोट ३ ढोडेनीमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो ।
कालीगण्डकी करिडोरको नवलपुरतर्फको क्षेत्रको सुरक्षा यसअघि गैँडाकोट इलाका प्रहरी कार्यालयले गर्दै आएकोमा अब अस्थायी प्रहरीचौकीले सो कार्य गर्ने छ । विगतमा सो क्षेत्रमा प्रहरीचौकी नहुँदा सामान्य दुर्घटनाको सूचना तथा उद्धारमा कठिनाइ हुने गरेको गैँडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।
गैँडाकोट ३ ढोडेनीस्थित वडा कार्यालय रहेको बहुउद्देश्यीय भवनमा प्रहरीचौकी स्थापना गरिएको हो । प्रहरी सहायक निरीक्षक (असई) नारायण रानाभाटको नेतृत्वमा ६ प्रहरी तैनाथ छन् । प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कालीगण्डकी करिडोरमा प्रहरीचौकी नभएको गुनासो आएपछि चौकी स्थापना गरिएको जनाए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया