हात्तीपाइले रोक्न अभियान

सुन्दरकुमार थकाली २०८० असार १ गते १०:५९

जोमसोम ।
हालसम्म हात्तीपाइले रोगको परीक्षण हुन बाँकी मनाङऽ मुस्ताङसहित ५ हिमाली जिल्लामा नमुना संकलन तथा सर्भे परीक्षण सुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाको समन्वयमा फियर मेड नेपालले राष्ट्रिय हात्ती पाईले रोग निवारण कार्यक्रम अन्तर्गत कन्फरमाटोरी म्यापिङ (मिनी टास) सर्भे सञचालन गरेको हो ।

Advertisement


हिमाली जिल्लामा हात्तीपाइले रोग भए÷नभएको यकिन गर्न सर्भे थालिएको फियर मेड नेपालका कार्यक्रम संयोजक एवं अनुगमन तथा गुणस्तर सुधार विशेषज्ञ विविन थापाले बताए । मनाङ, मुस्ताङ, सोलुखुम्बु र डोल्पामा सुर्भे सुरु गरिएको हो ।

हुम्लामा भने आरटीआइ नामक संस्थाले हात्तीपाइलेको सर्भे सुरु गरेको छ ।

तापमान बढ्दै गएका बेला हात्तीपाइले रोगको संक्रमण पत्ता लगाउन मुस्ताङसहितका हिमाली जिल्लामा सर्भे


रोग पहिचान तथा यकिन गर्न सम्बन्धित जिल्लामा स्वास्थ्य प्राविधिक तथा सहयोगीहरु परिचालन भएका छन् । मुस्ताङका ५ स्थानीय तहका ३१ विद्यालयमा अध्ययनरत ३ सय बालबालिकाको एन्टिजेन किटमार्फत एफटिएस परीक्षण गरिने कार्यक्रम संयोजक थापाले बताए ।

Advertisement


यस्तै, मनाङका २२ विद्यालयका २ सय ५१ जना, सोलुखुम्बुका ४६ वटा विद्यालयमा ४ सय ८० जना र डोल्पा जिल्लामा ३७ वटा विद्यालयका ४ सय ८० बालबालिका हात्तीपाइले संक्रमित भए÷नभएको ष्किन गरिने फियर मेड नेपालले उल्लेख गरेको छ ।


सर्भेका क्रममा सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखा र विद्यालयको समन्वयमा विद्यालयमै पुगेर परीक्षण गरिनेछ । सर्भेका लागि कक्षा ४ देखि ८ सम्म पढ्ने बालबालिकामा कन्फरमाटोरी म्यापिङ (मिनी टास) सर्भे अध्ययन गरिनेछ ।


रोग परीक्षण गर्दा १० मिनेटमा रिजल्ट आउने कार्यक्रम संयोजक थापाले जानकारी दिए । मुस्ताङका ५ तहमा पुगेर सर्भे गर्न २ हप्ताभन्दा बढी समय लाग्नेछ । परीक्षणपछि हात्तीपाइले भए/नभएको विद्यालय र स्थानीय तहलाई जानकारी गराइनेछ ।

परीक्षणमा पोजेटिभ केस देखिएमा औषधी वितरण गरिनेछ ।


हिमाली जिल्लामा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र लामखुट्टे भित्रिन सक्ने भएकाले सर्भे समयसापेक्ष भएको सरोकारवालाहरु बताउँछन् । सर्भेको पूर्वसन्ध्यामा आयोजित जिल्ला स्तरीय अभिमुखीकरणमा जिल्ला समन्वय समिति उपप्रमुख आइतेलाल थकालीले जलवायु परिवर्तनको असर हिमाली जिल्लामा परेको र यसले विभिन्न रोग संक्रमणका प्रकोप देखिन थालेको जनाए ।


मुस्ताङमा जिल्ला बाहिरका विद्यार्थी धेरै रहेको र तापमान बढिरहेकाले मच्छड देखिन थालेको उनले बताए । प्रमुख जिल्ला अधिकारी अनुप केसी, स्वास्थ्य कार्यालयका प्रमुख प्रेम नेपालीले लगायतले हिमाली जिल्लामा पनि हात्तीपाईले रोगको जोखिम बढेको बताए ।


हालसम्म यो रोग निवारणका लागि सरकारले ७२ जिल्लामा सर्भे गरेकोमा ६४ जिल्लामासंक्रमित देखिएका छन् । अहिले नेपालमा १५ हजारभन्दा बढी हात्तीपाइले रोगका संक्रमित छन् । सर्भे सकिएका ६४ जिल्लामध्ये ४९ मा औषधी बन्द गरिएको छ भने १५ जिल्लामा औषधी सेवन नियमित भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाको तथ्यांक छ ।


लामखुट्टेमा पाइने जीवाणु नै हात्तीपाइले रोगको मुख्य कारण हो । सर्वेक्षणको प्रतिफलबाट सरकारलाई रोग निवारण गर्न सहज हुने फियर मेड नेपालकाका अनुगमन तथा गुणस्तर सुधार विशेषज्ञ एवं कार्यक्रम संयोजक थापा बताउँछन् । संक्रमित लामखुट्टेले टोकेको ६ वर्षदेखि १० वर्षसम्ममा यो रोगका लक्षण देखा पर्ने विज्ञहरु बताउँछन् ।


हात्तीपाइले रोगको प्रारम्भिक लक्षणमा काम ज्वरो आउने, जिउ र टाउको दुख्ने, वान्ता हुने, अण्डकोष सुन्निने, खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, यौना)ग र स्तन सुन्निने आदि छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया