महिलामा हुन सक्ने यौन समस्या

डा गिरधारी शर्मा २०८० असार १ गते १२:१७

जति पुरुषमा यौन चाहना र आकांक्षा हुन्छ, त्योभन्दा बढी महिलामा हुन्छ । यौन ऊर्जा हो, शक्ति हो, उपचार विधि पनि हो ।

Advertisement


त्यस कारण जति पुरुषमा यौन चाहना र आकांक्षा हुन्छ, त्योभन्दा बढी महिलामा हुन्छ । खुला मनले दम्पतीबीच यौन इच्छाबारे समझदारी हुनुपर्छ । यौन एउटा ऊर्जा हो, शक्ति हो, उपचार विधि पनि हो ।सबै दम्पतीमा यौन चाहना, यौन सक्षमता, सन्तान प्राप्तिको इच्छा हुन्छ । यौन चाहना र यौन सक्षमता हुनु भनेको शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो हुनु हो । सबल, उत्कृष्ट र तनावरहितको यौन क्रियाकलाप गर्नु र पाउनु दम्पती वा मानव जीवनको अधिकार पनि हो । विश्व स्वास्थ्य सघंले स्वास्थ्य भनेको रोग नहुनुमात्रै होइन, जसमा शारीरिक, मानसिक र सामाजिक रुपमा राम्रो अथवा स्वस्थ हुनु पनि हो । हामीले देखिएको अथवा बिरामीले भनेको समस्यालाई मात्र रोग भन्दछौं र पहिचान र उपचार गर्न पट्टी लाग्छौं ।


हामीलाई खान, लाउन र बस्न जति आवश्यक छ, उत्ति नै यौन क्रियाकलाप पनि आवश्यक छ । जसले तनाव कम गर्दछ, जसको फलस्वरुप उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोगहरुलाई निको पार्नमा सहयोग गर्दछ । यसले शरीरमा रोगसँग लडने क्षमता बढाउँछ, दुखाइ कम गर्छ र राम्रो निद्रा पनि पर्दछ । यौन क्रियाकलापले श्रीमान श्रीमती बीचको सम्बन्धलाई निकट बनाउँछ र आत्मीयता बढाउँछ । जसको फलस्वरुप एकापसमा झैझगडा कम हुने र परिवारमा शान्ति छाउँछ अनि दाम्पत्य जीवन सफल भएको मानिन्छ । सामान्यतया स्वस्थकर यौनक्रिया हप्तामा एक पटक हुनु पर्दछ तर यसको यौन सम्पर्क गर्ने पटक दम्पतीको उमेर, चाहना र स्वस्थकर जीवनशैलीमा भर पर्दछ । र, पनि हप्तामा २ पटक यौन सम्पर्क भएमा अति उत्तम हुन्छ ।


यौन क्रियाकलापका केही चरण हुन्छन्ः
१. इच्छा जाग्ने चरण
२. उत्तेजनात्मक चरण
३. कामोत्तेना चरण
४. थकाइ र आरामको चरण
योन क्रियाकलापले तपसिलका समस्या समाधान गर्दछ ।


१. यो मुटुुरोगका लागि राम्रो हुन्छ । अन्दाजी ३० मिनटको यौन क्रियाकलापले नाडीको धड्कन बढ्छ र मुटुमा रक्त सञ्चारको गति पनि बढछ ।

Advertisement


२. मानसिक तनाव कम गर्छ । यौन क्रियाकलापले इन्डोर्फिन र अक्सिटोसिनको उत्पादन हुन्छ, जसले शरीरलाई आनन्द र आराम गराउँछ र तनाव कम गर्छ ।


३. बिभिन्न रोगहरु बाट मुक्तिः यौनक्रीडाबाट इम्युनिग्लोबिलिन ए भन्नेले रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउँछ ।


४. माइग्रेन र अरु कुनै कारणले भएको टाउको दुखाइलाई यसले कम गराउँछ । कामोत्तेजनाको चरणमा दिमागमा तीव्र रक्त सञ्चार हुन्छ र टाउको दुख्न कम हुन्छ ।


५. यौनले निद्रा राम्रो पर्दछ । यौन सम्पदा राख्दा अक्सीटोसिन भन्ने हर्माेन निस्कन्छ र यसले मांसपेसीहरुलाई आराम गराउँछ ।


६. यौन क्रियाकलापले निसन्तानपनको समाधान हुन्छ किनभने लामो समयसम्म शुक्रकीट स्खलन नभईकन अण्डकोषमा बसिराख्यो भने शुक्रकिटमा भएको डिएनए नस्ट हुन्छ ।


७. यसले दिमागलाई तीखो अथवा तेजिलो बनाउँछ ।


८. यसले मानिसमा सकारात्मक सोच विकास गराउँछ । यो एक किसिमको मेडिटेसन र योगा जस्तै मानिन्छ ।


९. यौनले महिलाको योनांग र गुप्तांगको मांसपेसी बलियो गराउने हुनाले तल्लो पेटमा दबाब पर्दा पिसाब चुहिने समस्या निको पार्दछ ।


१०. यौनले दम्पतीको मुड खुसी राख्छ ।


महिलामा देखिने मुख्य यौन समस्या
यौन समस्याहरु सम्पर्क गर्नुअघि, सम्पर्क गर्ने बेलामा र गरिसकेपछि देखिन सक्छन् । यौन दुर्बलता ३०—४० प्रतिशत महिलामा देखिन्छ । यसमा यौन इच्छा वा उत्तेजना नै नहुने मुख्य समस्या हुन्छ, त्यस कारणले यौन इच्छा र उत्तेजनाका लागि दम्पतीबीचको सम्बन्ध आत्मीय र रोमान्टिक हुनु पर्दछ । यो समस्या अल्पकालीक र दीर्घकालीन दुवै हुन्छ ।


१. यौन चाहनामा कमी आउनुः दम्पतीमा जतिसुकै यौन सम्पर्कको प्रयास गर्दा पनि त्यससम्बन्धी चाहना अथवा इच्छा नै हुँदैन ।

इस्टोजन र टस्टोस्टेरोन भन्ने हर्मोनको मात्रामा कमी आउने अवस्थाहरु जस्तै मधुमे्ह र मुटुका बिरामी साथै दीर्घ रोगी भएमा दम्पती बचिको सम्बन्धमा चिसोपना आउने, थकान, डर, त्रास हुने, डिप्रेसन र एङ्जाइटी आदि समस्यामा यौन चाहनामा कमी आउँछ ।


२. उत्तेजनामा कमीः यौन सम्पर्कका लागि इच्छा भएता पनि उत्तेजना वा इमोसनमा कमी आउँछ । जसमा पुरुषको लिंग र महिलाको क्लाइटोसिस कडा र उत्तेजित हुन सक्दैनन् । यो समस्याले शारीरिक रुपमा आराम र आनन्द लिन रोक्छ ।


३. कामोत्तेजनामा कमीः यो उत्तेजना पछिको चरण हो । जसमा कसै कसैलाई कामोत्तेजना नहुने, कमी आउने हुन्छ । तर यो समस्या पुरुषमा सामान्यतया हुने गर्दछ । यौन सम्पर्क गर्दा धेरै दुखाइ हुने, हुने र बिभिन्न हर्मोनको लेभल कम वा धरै भएमा पनि कामोत्तेजनामा कमी हुन्छ ।


४. पीडादायी यौन क्रियाकलापः यसको मतलब पुरुषको लिंग महिलाको योनीमार्गमा छिर्दा पुरुष वा महिला अथवा दुबैलाई दुखाई हुनु हो । योनीमार्ग सुख्खा भएमा, योनी मार्गलाई सपोर्ट गर्ने मांसपेसी कडा भएमा, लिंगमा कुनै किसिमको चोट पटक लागेमा, बारम्बार पिसाबमा संक्रक्रमण भएमा, प्रोस्टेटको संक्रमण भएमा, इस्ट वा कुनै ढुसीसम्बन्धी समस्या देखिएमा पनि यौन क्रीडा पीडादायी हुन्छ ।


उपचार पद्दति
यो समस्याको पहिचान भएपछि उपचार र रोकथाम गर्न सकिन्छ । मानसिक र शारीरिक समन्वयबाट यौन क्रियाकलाप हुने भएकाले दुबै जनाले विज्ञको राय, सल्लाह र सुझाव लिएरमात्र उपचार गर्नु पर्दछ ।


– सामान्यतया के, कति कारणले यो समस्या आएको छ, कारण अनुसारको उपचार गर्ने
-यो मानसिक र शारीरिक समन्वयले गर्दा सम्भव हुने भएकाले मानसिक समस्या भएमा पनि उपचार गर्ने
– आश्ययकता अनुसार औषधी प्रयोग गर्ने
– शरीरलाई तन्दुरुस्त राख्न योगा, मेडिटेसन र अन्य शारीरिक व्यायाम गर्ने


१. यौन शिक्षाः महिलाको प्रजनन प्रणाली र यसको काम र क्रियाकलापका बारेमा जान्नु आवश्यक छ । महिलामा आफ्नो यौन अंगहरुका बारेमा चिकित्सक वा स्वास्थ्यकर्मीसँग लाज नमानीकन गोप्य तरिकाले आफनो कुरा भन्ने, परीक्षण गर्न दिने, आफूलाई लागेका सम्पूर्ण जिज्ञासा पूरा गर्नु पर्दछ । चिकित्सकले दिएको सरसल्लाह, सुझाव मान्ने र औषधीहरु सही तरिकाले सेवन गर्नु पर्दछ ।


२. यौन क्रियाकलापका लागि समय निकाल्नेः यो क्रियाकलापको समयमा कुनै पनि किसिमका नकारात्मक सोच, नजिकको वातावरण र गतिविधि, मानसिक तनाव आदि अवस्था छन् भने ती समस्यबाट मनलाई टाढा राख्नुपर्छ । जसले गर्दा उक्त समयमा कुनै पनि क्रियाकलाप र अवस्थाले अवरोध खडा नगरोस् ।


३. यौन सम्बन्धका बेला समस्या र आनन्दका बारेमा कुराकानी गर्ने ।


४. बिभिन्न आसनमा यौन क्रियाकलापमा अभ्यस्त हुनेः यौन क्रियाकलापका बिभिन्न आसन हुन्छन् । आफूलाई जुन आसनमा सहज र आनन्द हुन्छ, सोही अनुसार गर्ने । एउटै आसनभन्दा फरक फरक आसनमा सम्पर्क गर्दा महिलालाई बढी आनन्द हुन्छ ।


५. उचित समय र स्थान तय गर्ने, साथै उक्त स्थान रोमान्टिक र रमणीय होस् ।


६. योनीमा लिंग प्रवेश गराउनुअघि यौन उत्तेजनाका क्रियाकलाप गर्ने । जस्तैः संवेदनशील अंगहरुमा स्पर्स गर्ने, चलाउने, खेलाउने चुम्बन गर्ने । जसले गर्दा शरीरका प्रत्येक अंग उत्तेजित होऊन् । त्यसपछि लिंग योनीमा प्रवेश गरी केही घर्षणसहित भित्र बाहिर गरेपछि दुबै जनाले आनन्द महसुस गर्छन् ।


७. एकापसमा विश्वास, आदर, सम्मान र भावनात्मक निकटता हुनु पर्दछ । यसले गर्दा सम्पर्क गर्ने दम्पतीबीच मत भिन्नता भए पनि हटछ ।


८. कुनै पनि कारणले मानसिक समस्या उत्पन्न भएको रहेछ भने व्यावहारिक तरीकाले उपचार गर्नु पर्दछ । जसले गर्दा आफूमा भएको नकारात्मक सोचलाई आपंmैंले उपचार गर्न सक्यो भने यौन दुर्बलत हट्छ । इच्छा जाग्दछ, उत्तेजना पलाउँछ ।

पीडारहित स्वस्थ जीवनशैलीमा यस्तो सम्बन्धले सघाउँछ ।


९. औषधीको प्रयोग—महिनावारी सुकिसकेपछि महिलाको योनी भित्रको छाला पातलो हुने, सुख्खा हुने, पीडादायी यौन क्रियापलाप हुने हुन्छ । यसैले गर्दा आफ्नो यौनिकता पनि कम हुँदा कुनै दम्पतीले यौन क्रियाकलाप गर्न नै छोडेका हुन्छन ।

यस्तो अवस्थामा बिभिन्न औषधीको प्रयोग गरेका हुन्छन । जस्तैः क. इस्ट्रोजन थेरापीः यो एक किसिमको एलोपेथिक हर्मोनल औषधी हो । जसले महिनवारी सुकेर यौन क्रियामा कमी आएकालाई ठीक गर्दछ । यो खाने, योनीभित्र राख्ने र लगाउने खालको हुन्छ ।


ख—ओस्मिफेनः यसले पनि महिनावारी सुकेपछि सप्रजनन प्रणालीमा आउने यौन समस्यालाई निको पार्दछ ।


ग) टेस्टोस्टेरोन: यो पुरुष हर्मोन हो तर महिलामा पनि केही मात्रामा हुन्छ । यसको प्रयोगले पनि महिलामा यौन शक्ति बढाउँछ ।

तर यसको धरै मात्रामा र धरै समयसम्म प्रयोग गर्दा पुरुषको जस्तो स्वर हुने र अनुहार, साप्राहरुमा रौ पलाउन सक्ने भएकाले बेला बेलामा रेखदेख गरिराख्नु पर्दछ ।


हामीले खाने खानेकुरामा पनि यौन क्षमता बढाउने पौष्टिक पदार्थ पाइन्छन् । जस्तै रेड वाइन, स्याउ, मेथी, चकलेट, कफी, मह, स्ट्रबेरी, काँचो ओएस्टर, खुर्सानी, सिमली, केरा, आलु, केसर, काउली, ल्वाङ अण्डा ।


महिलाको यौनांग सुत्केरीपछि धोल्लो हुने, सुख्खा हुने, खोक्दा, हास्दा बारम्बार पिसाब चुहिरहने समसया भएमा समाधानका लागि लेजरको प्रयोग गरेमा, आफ्नै शरीरको रगत सफा गरेर ल्पेटलेट निकालेर धोल्लो भएको योनीमा सूइमार्फत लगाएमा र सल्यक्रियाबाट पनि योनीको आकार प्रकार बनाउन सकिन्छ ।


त्यस कारण जति पुरुषमा यौन चाहना र आकांक्षा हुन्छ, त्योभन्दा बढी महिलामा हुन्छ । खुला मनले दम्पतीबीच यौन इच्छाबारे समझदारी हुनुपर्छ । यौन एउटा ऊर्जा हो, शक्ति हो, उपचार विधि पनि हो । त्यसैले स्वस्थकर यौन जीवनलाई भेदभाव नगरीकन प्रयोगमा ल्याइदिएमा भविष्यको जीवन रोग मुक्त र स्वस्थकर हुनेछ ।


शर्मा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

तपाईको प्रतिक्रिया