होमटाउनलाई एसइई फुटसल उपाधि

समाधान संवाददाता २०८० असार ३ गते १५:११

पोखरा ।
पोखरामा भएको गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिताको उपाधि पोखराको होमटाउनले जितेको छ । शनिबार भएको फाइनल खेलमा लेखनाथको झुम्पाकलाई ४–२ गोल अन्तरले पराजित गर्दै होमटाउनले उपाधि रक्षा गरेको हो ।

Advertisement


स्टेप बाई स्टेप स्कुल पोखराले आयोजना गरेको फुटसलको उपाधिसँगै होमटाउनले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । होमटाउनका खेलाडीले स्टेप बाई स्टेपमा कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति समेत पाएका छन् ।


उपविजेता झुम्पाकले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रसँगै कक्षा १२ सम्म ५० प्रतिशत छात्रावृत्तिमा अध्ययनको अवसर प्राप्त गरे ।


सेमिफाइनलमा होमटाउनले डायमन्डलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । झुम्पाकले बेस्टथ्रिलाई पाखा लगाउँदै होमटाउनसँगको उपाधि भिडन्त पक्का गरेको हो । तेस्रो स्थानका लागि भएको खेलमा डायमन्डले बेस्टथ्रीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।


प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङका २६ समूह सहभागी थिए । एक महिनाअगाडि प्रतियोगिता सुरु भएको हो । विजेता खेलाडीलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा, विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्रधानध्यापक निर्मला बरालले पुरस्कार वितरण गरे । मन्त्री सिम्खडाले खेलकुदको माध्यमबाट युवालाई शिक्षामा प्रेरित गर्ने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया