म्याग्दीका सबै स्थानीय तह सडक सञ्जालमा

राकेश शर्मा
म्याग्दी
म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिएपछि स्थानीय उत्साहित भएका छन् । सडक सञ्जालमा जोडिएपछि दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको छ ।
सडक सुविधा नहुँदा गन्तव्यमा पुग्न घन्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । गाउँमा मोटर बाटो निर्माण भएपछि सहरमा बसाइँसराइँ गरेकाहरु पनि दंग छन् । म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमिटर पश्चिम मालिका ७ रुम गाउँका स्थानीय बलबहादुर विक सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउने विश्वास व्यक्त गरे ।
पहिले कृषि उत्पादन बजारमै कुहिन्थ्यो तर सडक पुगेपछि उत्पादनले मूल्य पाउने धौलागिरि ७ का अध्यक्ष कलानिधि शर्माले बताए । सडक सुविधा भएपछि पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ थियो । सहरमोह केही हदसम्म घट्ने रघुगंगा गाउँपालिका ३ का अध्यक्ष जीवन मल्लको भनाइ छ ।
म्याग्दीमा १ नगरपालिका र ५ गाउँपालिका छन् । सबै स्थानीय तह सडक सञ्जालमा जोडिए पनि धौलागिरि र रघुगंगा गाउँपालिकाका केही वडा भने सडक सञ्जालमा जोडिएका छैनन् ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया