१०८ युनिट रगत संकलन

पोखरा ।
पश्चिमाञ्चल स्वास्थ्य सहकारी लिमिटेड पोखरा ९ पृथ्वीचोकको २१ औं स्थापना दिवसको अवसरमा खुला रक्तदान आयोजना गरिएको छ ।
कार्यक्रममा १ सय ८ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष हरि पाण्डेले जानकारी दिए । पोखरा महानगरपालिका सहकारी विभागका प्रमुख रविरमण तिवारीले पहिलो रक्तदाता डा नवराज बास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे ।
तिवारीले ऐन, नियम पालना सहकारीको मुल मर्म हुनुपर्ने बताए । उनले सेयर सदस्यको एकता र सहकार्यबिना सहकारी चल्न नसक्ने जनाए ।
रक्तदान अभियन्ता तथा सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापाले रक्तदान अभियानलाई प्रभावकारी बनाउन सहकारीको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा विक्रम उदासले ७६ औं पटक रक्तदान गरेका छन् ।
सहकारीका उपाध्यक्ष अर्जुन ज्ञवालीले २०५९ मा स्थापना भएको सहकारीले सामुदायिक अस्पताल सञ्चालनमार्फत स्वास्थ्य सेवाका अलवा बचत तथा ऋण कारोबारको काम गरेको जानकारी दिए ।
कार्यक्रममा आकस्मिक रक्तदान समूहका अध्यक्ष हरिश्चन्द्र शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समूहका सदस्य वीरेन्द्र पराजुली, डा छममाया पुन, डा गणेशभक्त आचार्य, सहकारीका सचिव मिलन श्रेष्ठ, कार्यक्रम संयोजक ध्रुव शर्मा लगायतले रक्तदानको महत्वबारे प्रकाश पारे ।
तपाईको प्रतिक्रिया