८७ लाखमा मकैखोलामा खानेपानी आयोजना

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको पहलमा कास्कीको मादी गाउँपालिका वडा नम्बर १० मा मकैखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । युनिका फाउन्डेसन दि नेदरल्यान्ड तथा मादी गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानी आयोजनाको काम सकिएको नेपाल रेडक्रस सोसाइटी कास्कीमा मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए ।
युनिका फाउन्डेसन दि नेदरल्यान्डको ५४ लाख १३ हजार ७ सय ९, मादी गाउँपालिकाको ९ लाख ३४ हजार ६ सय ६४ र स्थानीय समुदायको २ लाख ३५ हजार ६ सय ८४ गरी ८७ लाख ५ हजार २ सय १५ रुपैयाँ लागतमा निर्माण भएको खानेपानी आयोजना आइतबार गण्डकी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री वेदबहादुर गुरुङले उद्घाटन गरे ।
रेडक्रस कास्कीका खानेपानी तथा सरसफाई परियोजनाका फिल्ड सुपरभाइजर सुवास सापकोटाले डेढ किलोमिटर टाढाको कम्दीखोलाबाट ल्याएको खानेपानीबाट जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीसहित ३ सय ५२ जना लभान्वित हुने जानकारी दिए । परियोजनाको एक घर, एक धारा कार्यक्रम अन्तर्गत ६४ घरधुरीमा निजी र विद्यालयसमेत गरी ४ सामुदायिक धारा जडान गरिएको छ ।
खानेपानी आयोजनाको उद्घाटन समारोहमा युनिका फाउन्डेसन दि नेदरल्यान्डका राष्ट्रिय निर्देशक रमेश पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, निवर्तमान सभापति डोलराज पाण्डे, उपमन्त्री रमा कोइराला, मादी १० का निवर्तमान वडा अध्यक्ष बुद्धिबहादुर गुरुङ, मकैखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष मातृकाप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यसमितिका सदस्यहरु खगेन्द्रराज पराजुली र कमल पौडेल, कार्यालय प्रमुख मोहनसिंह खड्का, परियोजना प्रमुख कल्पना ज्ञवाली लगायतले खानेपानी परियोजनाका बारेमा बोलेका थिए ।








महिला उद्यमशीलता र सशक्तीकरण अभियन्ता रामकली खड्का
६ दशकको निर्भीक पत्रकारिताका साधक तिलकमान गुभाजू
पोखराको गौरवः बहुआयामिक साहित्यकार तीर्थ श्रेष्ठलाई पोखरा रत्न सम्मान
१०४ वर्षीय झ्याउरी र काशीनाथ बने पोखरा महानगरका ‘मातापिता’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया