विरुवा प्रज्ञा प्रतिष्ठानमा शंकरविरही

पोखरा ।
स्याङ्जाको विरुवा गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । गाउँपालिकाले विरुवा प्रज्ञा प्रतिष्ठान ऐन २०७९ र प्रज्ञा प्रतिष्ठान सञ्चालन कार्यविधि २०७९ बनाएर शंकरविरही गुरुङको अध्यक्षतामा प्रतिष्ठान बनाएको हो ।
लोकदोहोरी गायक शंकरविरही राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिवसमेत छन् । पीताम्बर शर्मा उपाध्यक्ष रहेको प्रतिष्ठानमा खड्कबहादुर गुरुङ र भीमलाल थापा सदस्य तथा विरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसाल सदस्य सचिव छन् ।
विरुवा प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यमा नवलबहादुर थापा, नन्दकुमारी खड्का, खेमराज गुरुङ, लेखबहादुर आले, कमला थापा, लक्ष्मी बसेल, गणेश राना र युवराज वाग्ले छन् । मंगलबार आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कार्यसमिति र परिषद् सदस्यलाई गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले पद तथा गोपनियताको सपथ गराए ।
अध्यक्ष कुँवरले प्रतिष्ठानले विरुवा गाउँपालिकाको कला, संस्कृति, साहित्य र भाषाको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । पालिका उपाध्यक्ष भगवती शर्मा र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले प्रतिष्ठानको गठन गर्नुको आवश्यकता र औचित्यबारे प्रकाश पारे । कार्यक्रममा प्रशासन शाखा प्रमुख पीताम्बर पोख्रेलले पनि बोेलेका थिए ।
प्रतिष्ठानका नवनियुक्त अध्यक्ष गुरुङले पालिकाले आफ्नै जन्मथलोको लोक, संस्कृति, भाषा, साहित्य र ज्ञानको जगेर्ना गर्ने मौका दिएकोमा आभार व्यक्त गरे । उनले पालिकाका पदाधिकारी, सदस्य, प्रतिष्ठानका पदाधिकारी र पालिकावासीको चाहना बमोजिम प्रतिष्ठानलाई गतिशील र सक्रिय बनाउने प्रण गरे ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया